नाइट क्लब र सागर तटीय क्षेत्रमा जाने युवा विश्वमा ठूलो मात्रामा कोरोना संक्रमण फैलाउने माध्यम बनिरहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार १५ देखि २४ वर्षसम्मका व्यक्तिमा कोरोना संक्रमण हुने दर पछिल्लो ५ महिनायता ४.५ प्रतिशतबाट तीन गुणा बढेर १५ प्रतिशत पुगेको छ ।
अमेरिका, स्पेन, जर्मनी, फ्रान्स र जापानजस्ता देशमा नयाँ संक्रमण युवामा देखिइरहेकाे छ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रियससले भने, ‘हामीले पहिले पनि भनिसकेका छौं र फेरि पनि भन्न चाहन्छौं युवा अजेय होइनन् । उनीहरू पनि संक्रमित हुन सक्छन् । मर्न सक्छन् र अर्काे व्यक्तिलाई संक्रमण सार्न सक्छन् ।’
प्रकाशित: २१ श्रावण २०७७ १२:४६ बुधबार