७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाविरुद्ध अचूक औषधि बन्दै नबन्ने सम्भावना पनि छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले कोरोना भाइरसविरुद्ध खोप उपलब्ध हुने अपेक्षा त रहेको तर अहिलेसम्म कुनै अचूक औषधि बनिनसकेको र बन्दै नबन्न पनि सक्ने बताएका छन् ।  

डा.टेड्रोसले यसअघि कतिपटक भनिसकेका छन् कि सम्भवतः कोरोना भाइरस कहिले अन्त्य नहुन पनि सक्छ र योसँगै जिउन सिक्नुपर्छ । उनका अनुसार कोरोना एकदमै फरक खालको भाइरस हो । किनकि यसले आफ्नो स्वरूप बदिइरहन्छ । यसलाई मौसमले पनि कुनै फरक पर्दैन किनकि यो मौसमी फ्लु होइन । 

यसैकारण डा. टेड्रोसले विश्वका मानिसलाई कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, राम्रोसँग हात धुने तथा मास्क लगाउनेजस्ता नियम पालना जारी राख्न सुझाव दिएका छन् ।  

विश्वभर अहिलेसम्म १ करोड ८१ लाखभन्दा बढी मासिनलाई कोरोनाले संक्रमित बनाइसकेको छ । तीमध्ये ६ लाख ८९ हजारभन्दा बढीको मृत्यु नै भइसकेको  छ ।  

डा. टेड्रोले भने, ‘अहिले विश्वमा धेरै खोप तेस्रो चरणको परीक्षणमा छन् र  हामी सबैलाई ठूलो आशा छ, कुनै एक खोप मानिसलाई संक्रमणबाट बचाउन सफल साबित हुनेछ । यद्यपि अहिलेसम्म कुनै त्यस्तो अचूक औषधि तयार भइसकेको छैन र यस्तो औषधि कहिले नआउने सम्भावना पनि त्यत्तिकै छ । यसकारण हामीले कोरोना परीक्षण, आइसोलेसन र मास्कका माध्यमबाट यसलाई रोक्ने काम जारी राख्नुपर्छ ।’

प्रकाशित: २० श्रावण २०७७ ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App