१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

डब्लूएचओका नेपाल प्रतिनिधि भन्छन् : एक अर्काबीच दूरी कायम गर्नुहोस्

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन्।  

पछिल्लो समय सरकारले लकडाउन हटाई सके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ। संक्रमण कम गर्नका लागि एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ। तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिध भ्याण्डेलरले दुरी कायम गर्न अपिल गरेका हुन्। खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपिल गरेका हुन्। उनले कम्तिमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न ध्यान दिन आग्रह गरे। त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपिल छ।

उनले भने, 'एक प्रकारको रोग हो यसले हामि सबैलाई असर गरेको छ। कोभिडको भाइरस हामीले खोक्दा अथवा छुदा अर्को व्यक्तिमा संक्रमण भैरहेको छ। यो रोग संक्रामक भए पनि जोगिनका लागि सजिलो उपायहरु छन्। हामीले एक अर्काबीच दूरी कायम गरेर  यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं। कम्तिमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने मात्र पनि जोगिन सकिन्छ। हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौ। तर हामीले काम ब्यबहारमा एक अर्काबीच दूरी कायम गर्न सके सक्रमण हुने झिनो सम्भावना मात्र हुन्छ। त्यसैले एक अर्का बीच दूरी बनाउनु धेरै महत्वपूर्ण छ। हामीले दूरी कायम गर्न सकेमा संक्रमण रोक्न, लकडाउन हुन नदिन, संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ। हाम्रो भौतिक दूरी संक्रमण रोक्ने एक अचुक कडी हो। यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो। यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा  रोक्न मद्दत गर्दछ। यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो। हामीले दूरी कायम गर्न सके कसैलाई छुन पर्दैन। यसैले मेरो सबै नेपाली दाजु भाइलाई बिनम्र अनुरोध छ दूरी बढाऊ संक्रमित बाट जोगीऔँ। धन्यवाद।’

 

प्रकाशित: १९ श्रावण २०७७ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App