१९ श्रावण २०७७ सोमबार
स्वास्थ्य

बेनी अस्पतालमै निःशुल्क डायलासिस सेवा सुरु

आइतबार डायलासिस सेवा लिन आएका बिरामी। तस्वीर हरिकृष्ण गौतम

बेनी अस्पतालमा आइतबारदेखि मृगौला पीडितलाई डायलासिस सेवा सुरु गरिएको छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरण सहित तालिम प्राप्त चिकित्सक र स्वास्थ्यकर्मीले दुई बिरामीलाई सेवा दिदैं सेवा शुभारम्भ गरेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताए। ‘डाइलासिस सेवाका लागि जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ,‘सेवालाई प्रभावकारी बनाउन आवश्यक ब्यवस्थापन गरेका छौ’ अध्यक्ष कटुवालले भने।  

उनका अनुसार यूनिटमा २ चिकित्सक, ४ जना स्टाफ नर्स कार्यरत छन्। डायलासिस युनिटलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा ब्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट बाहेक अस्पतालको आन्तरिक स्रोतलाई समेत परिचालन गरिएको छ। पहिलो चरणमा ३ वटा बेड सञ्चालन गरिएको  अस्पतालका प्रमुख डा.अमृत अधिकारीले बताए। जिल्लामै डायलासिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा छन्। ६ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भएपनि तत्काल दुईवटा पुरानो मेसिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेकाले ३ वटाबाट सेवा दिइएको छ। मिर्गौलापीडित बिरामीहरु अधिकांसको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको मृगौला पीडित पार्वती विकले बताईन्।

‘हप्तामा दुईपटक सेवा लिन जाँदा पाँच हजारसम्म खर्च हुन्छ,‘जिल्लामै भएपछि धेरै सहज भएको छ’ उनले भनिन्। विगत ३ बर्षदेखि पोखरा र बागलुङमा डायलासिस सेवा लिइरहेकी विकले आफ्नै जिल्लामा सेवा पाएपछि धेरै बाँच्ने आशा पलाएको बताईन्।बागलुङको ताराखोला घरभई हाल  पर्वत बेनीमा लिलाकान्त कँडेलले यातायात सहितको खर्चमै धेरै हुने गरेको अवस्थामा नजिकै सेवा पाएपछि ज्यानलाई समेत धेरै सहज हुने बताए। ‘सेवा निशुल्क भएपनि यातायातमै धेरै खर्च हुन्थ्यो,‘बर्खाको समयमा आवतजावतमै धेरै समस्या’ उनले भने।  

आर्थिक अभावका कारण डायलासिसका लागि जिल्ला बाहिर जान नसक्ने बिरामीले मृत्यु पर्खेर बस्नुपर्ने बाध्यताले सताइरहेकालाई सेवाले धेरै सहज भएको उनले बताए। मृगौला रोगका बिरामीको किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ। साविकको धौलागिरी अञ्चलका चार जिल्लामध्ये क्षेत्रीय अस्पताल बागलुङ र पर्वत अस्पतालमा यसअगाडी नै सेवा सञ्चालन भइसकेको छ। बेनी अस्पतालमा सेवा सुरू भएपछि छिमेकी मुस्ताङ जिल्ला र पर्वतको जलजला गाउँपालिकाका बिरामीलाई समेत सहज हुने छ। मृगौलाका बिरामीले हप्ताको १ देखि  जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ। निजी अस्पतालमा एकपटक डाइलासिस गराउँदा यातायात, खानाबस्न सहित गरी ८  हजार भन्दा बढी रूपैयाँसम्म खर्च हुन्छ। म्याग्दीमा बर्षेनी ठूलो संख्यामा मृगौला रोगी देखिने गरेका छन्। गण्डकी प्रदेशमा म्याग्दी धेरै मृगौला पीडित भएको जिल्लाको रुपमा समेत चिनिन्छ। सेवाको कोरोनाको जोखिम घटेसँगै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्ने बताइएको छ।  

प्रकाशित: १८ श्रावण २०७७ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App