१९ श्रावण २०७७ सोमबार
स्वास्थ्य

उपत्यकामा फेरि थपिए ४५ कोरोना संक्रमित, काठमाडौं जिल्लाका मात्रै ४१ जना

काठमाडौं उपत्यकामा पनि दैनिक कोरोना संक्रमित थपिन थालेका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४५ जनालाई कोरोना संक्रमण भएको हो । तीमध्ये काठमाडौं जिल्लाका मात्रै ४१ जना छन् भने भक्तपुर र ललितपुरका २÷२ जना छन् ।  

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएअनुसार काठमाडौंमा थपिएका ४१ संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १९, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट १३, शिक्षण अस्पतालबाट ४ नेपाल प्रहरी अस्पतालबाट ३ र स्टार अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।  

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट भक्तपुरका २ र स्टार अस्पतालमा गरिएको परीक्षणबाट ललितपुरका २ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।  

 

यो पनि पढ्नुहोस्

काठमाडौंमा पनि दिनदिनै थपिँदै संक्रमित, थप १५ जनामा कोरोना पुष्टि

 

प्रकाशित: १५ श्रावण २०७७ १७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App