२० श्रावण २०७७ मंगलबार
स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा २७४ जनामा संक्रमण भेटिएको बताए । योसँगै हाल नेपालमा १९ हजार ५४७ कोरोना पुष्टि भएको छ ।

बिहीबार थप २ सय ४८ जना निको भएर घर फर्केका छन्। यो संगै नेपालमा निको हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

प्रकाशित: १५ श्रावण २०७७ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App