८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

वीरगन्जमा समुदायस्तरमा 'टेस्टिङ्ग' सुरु

जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्देशनमा खटेको टोली र वीरगन्ज महानरगरपालिकाको टोलीले यहाँ समुदायस्तरमा 'टेस्टिङ्ग' सुरु गरेका छन् । वीरगन्जमा आइतबार ३ ठाउँमा स्वाब संकलन गरिएको छ । शनिबार महानगरपालिकाको आयोजनमा वीरगन्ज ९ स्थित रेल्वे माबिको प्राँगणमा एक घरधुरीबाट एक जनाको स्वाब नमुना परीक्षण अभियान सुरु भएको छ । 

त्यहाँ एक सय १३ जनाको नमुना संकलन गरिएको छ । त्यस्तै जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्ला स्वास्थ्य कार्यालयबाट खटाएको दुईवटा टोलीले वीरगन्जको मिना बजारबाट १ सय ९ र राधेमाईबाट करिब १ सय जनाको नमुना संकलन गरेको छ ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले पछिल्लो समयमा ३५ जना स्वास्थ्यकर्मीलाई पिसिआर संकलन सम्बन्धी तालिम गराएकोमा सबैजनालाई एकसाथ अलग अलग ठाउँमा परिचालन गरी स्वाब संकलन गरी परीक्षण तीव्र बनाउने जनाएका छन् । नारायणी अस्पताललाई सम्पूर्ण साधनहरु उपलब्ध गराएर वीरगन्ज महानगरपालिकामा ४० हजार घरधुरी रहेकोमा सबैमा परीक्षण गरिने सरावगीले बताए ।

बाहिरबाट आएर वीरगन्जमा बसोबास गर्ने बिभिन्न पेसा र ब्यवसायका मानिसहरुलाई पनि परीक्षण गर्नुपर्ने भएकोले थप १० हजार परीक्षणको लागि छुट्याएको उनले बताए । बिभिन्न उद्योगहरुले गोप्य तवरमा भारतीय मजदुर कर्मचारीलाई बोलाएर खटाएको सूचना आइरहेकोमा यसैबिच पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले वीरगन्ज पथलैया कपिरडोरका बिभिन्न उद्योगमा निरीक्षण गरेका छन् ।

प्रकाशित: ११ श्रावण २०७७ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App