coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अब ३ महिनाभित्रै कोरोनाविरुद्ध खोप तयार भइसक्ने चीनको दाबी

फाइल तस्बिर

चीनले यही वर्ष (सन् २०२०) को अन्त्यसम्ममा कोरोनाविरुद्ध खोप आम प्रयोगका लागि तयार भइसक्ने दाबी गरेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चाइना नेसनल फर्मास्युटिकल ग्रुप सिनोफार्मका अध्यक्ष लियु जिन्गझेनले खोपको मानवीय परीक्षण भइरहेको र आगामी ३ महिनाभित्र यो प्रक्रिया पूरा हुने अपेक्षा रहेको बताएका छन् ।  

सिनोफार्मअन्तर्गत चाइना नेसनल बायोटेक ग्रुपका अनुसार चीनमा कोरोना संक्रमण घट्दै गएकाले खोप परीक्षणमा सहभागी हुने व्यक्ति पाउन मुस्किल भइरहेको छ । तर उक्त खोपको परीक्षण चीनबाहिरका मुलुकमा भइरहेको छ । 

जसमा संयुक्त अरब इमिरेट्स पनि सहभागी छ । यस्तै एक अर्काे चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले ब्राजिलमा खोपको परीक्षण गरिरहेको छ । बिबिसी

प्रकाशित: ८ श्रावण २०७७ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App