coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

धरानमा क्वारेन्टिनमा बसेका ६७ जनाको रिपोर्ट नेगेटिभ, सबैलाई डिस्चार्ज गरियो

रिपोर्ट पोजेटिभ आएपछि बुधबार डिस्चार्ज गरिदै । तस्बिरः नागरिक

धरान उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टिनमा रहेका ७० जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ती मध्ये एक जना स्वास्थ्यकर्मी र २ जना सुरक्षाकर्मी हुन् । बाँकी ६७ जना क्वारेन्टिनमा रहेकाहरु हुन् । धरान उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएका ६७ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ । विभिन्न मुलुकबाट आएकाहरु धरानस्थित एन्फा एकेडेमी क्वारेन्टिन, होटल र घरमा होम क्वारेन्टिनमा बसेका थिए ।  

डिस्चार्ज हुनेहरुमा क्वारेन्टिनमा ४० जना थिए भने १५ जना होटल र १२ जना होम क्वारेन्टिनमा थिए । ‘उहाँहरुको २ दिनअघि स्वाब संकलन गरेर वीपी प्रतिष्ठानमा पठाइएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ,’मेहताले भने ।

यसैगरि, बुधबार पनि क्वारेन्टिनमा रहेका थप २८ जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये ३ जना महिला र २५ जना पुरुष रहेका स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिइन् । ती मध्ये ८ जना एन्फा क्वारेन्टिनका हुन् भने ५ जना होटल र १५ जना होम क्वारेन्टिनमा छन् । उनीहरुको स्वाबको नमुना संकलन गरेर वीपी प्रतिष्ठानमा पठाइएको उनले बताइन् ।

प्रकाशित: ३१ असार २०७७ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App