६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोना संक्रमण दर यथावत

मंगलबार २४ घण्टाभित्र परीक्षण भएका नमुना मध्येमा २.६ प्रतिशत अर्थात् एक सय १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। अघिल्लो दिनको तुलनामा यो संक्रमर दरमा खास फरक देखिएन। सोमबार कुल परीक्षण गरिएका मध्येमा २.४५ प्रतिशतमा संक्रमिण भेटिएका थिए। सोमबार जम्मा पाँच हजार आठ सय ५६ वटा स्वाब परीक्षण भएका थिए।  

केही दिनदेखि संक्रमित सख्या डेढ सयभन्दा बढ्न सकेको छैन। दुई सातादेखि घट्दै गएको संख्या मंगलबार पनि खासै वृद्धि हुन सकेको छैन। दुइ साताअघिसम्म कोरोना संक्रमण दर ९÷१० प्रतिशतसम्म थियो। डेढ सातादेखि क्वारेन्टिनमा संख्या घट्दै गएपछि संक्रमण दर पनि घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयले जनाएको छ।  

क्वारनेटिन र समुदायबाट केही स्वाब संकलन गरिरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। लकडाउन खुकुलो हुँदा पनि कोरोना संक्रमणबाट बच्ने उपाय कडाइपूर्वक पालना गरेमा संक्रमणदर नबढ्ने डाक्टर गौतमले बताए।  

मंगलबार सबैभन्दा बढी  प्रदेश २ मा नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ ४४ जना संक्रमित देखिएका छन् भने प्रदेश ५ मा २१ र सुदुरपश्चिममा २० जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जानकारी दिएको छ। अन्य प्रदेशमा भने १० जनाभन्दा बढी देखिएको छैन। मंगलबारसम्म नेपालमा १७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए। हाल देशभर २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा छन्, भने आइसोलेसनमा ६ हजार तीन सय ९५ जना रहेको उनले बताए। अहिलेसम्म १० हजार तीन सय ३८ जना कोरोना जितेर घर फर्किएका छन्, भने ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: ३१ असार २०७७ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App