१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

खोटाङका नौ जना संक्रमितले जिते कोरोना

कोभिड–१९ बाट संक्रमित खोटाङका नौ जना निको भएर घर फर्किएका छन् । कोभिड–१९ बाट संक्रमित ११ जनामध्ये नौ जना संक्रमित उपचारपछि घर फर्किएका हुन् । हलेसी तुवाचुङ नगरपालिकाका चार जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । 

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई जना मात्र उपचारमा छन् । खोटाङमा ६१९ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पूष्टी भएको थियो । प्रशासनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २३१, हलेसी तुवाचुङ नगरपालिकाका १९० जना, ऐसेलुखर्क गाउँपालिकाका ५० जना, खोटेहाङ गाउँपालिकाका ४९ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३२ जना, साकेला गाउँपालिकाका २४ जना, जन्तेढुंगा गाउँपालिकाका २२ जना, रावाबेँसी गाउँपालिकाका १२ जना, बराहपोखरी गाउँपालिकाका ७ जना र केपीलासगढी गाउँपालिकाका २ जनाको पिसिआर परीक्षण गरिएको छ । 

जिल्लामा हालसम्म एक हजार ६०८ जनाको आरडिटी परीक्षण गर्दा ३० जनाको पोजिटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ ।

प्रकाशित: ३० असार २०७७ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App