coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भारतमा कोरोना संक्रमितको उपचारमा नयाँ औषधि

भारतीय औषधि नियन्त्रण संस्था सिडिएससिओले चर्म रोग सोराइसिसका लागि प्रयोग हुने ‘आइलाइजोमेव’ औषधि कोरोना संक्रमितको उपचारका लागि अनुमति दिएको छ ।  

समाचार एजेन्सी पिटिआईका अनुसार तर यसको प्रयोग आपतकालीन अवस्थामा मात्र गर्न पाइने सर्त राखिएको छ । साथै यसको प्रयोग गर्नुअघि सम्बन्धित बिरामीसँग लिखित स्वीकृति लिन पनि भनिएको छ ।

संस्थाका एक अधिकारीले भनेका छन्, ‘भारतमा कोभिड–१९ का बिरामीमा यो औषधिको क्लिनिकल परीक्षण भइसकेको छ । एम्स के प्ल्मनोलजिस्ट, फार्माकोलजिस्ट, मेडिसिन एक्सपर्टसहितका विशेषज्ञ सम्मिलित एक समितिले यो औषधि सास लिन कठिन भइरहेका कोभिडका बिरामीलाई साइटोकाइन रिलिजका लक्षणको उपचारमा उपयोगी हुने ठहर गरेपछि यो औषधि प्रयोगको अनुमति दिइएको हो ।’  

प्रकाशित: २७ असार २०७७ ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App