१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

कोरोनाको स्रोत पत्ता लगाउन चीन पुग्यो डब्लुएचओको टोली

कोरोना भाइरसको वास्तविक स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली चीन पुगेको छ ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार दुई विशेषज्ञ संलग्न टोलीले चीनका वैज्ञानिकसँग मिलेर अनुसन्धान गर्नेछ ।  

विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमित चीनको वुहानमा फेला परेकाे भनिए पनि अझै यसको स्रोत स्पष्ट भइसकेको छैन । चमेरा तथा सालकप्रति शंका गरिए पनि अहिलेसम्म कोरोना भाइरस यही जनावनबाट मानिसमा यसरी सरेको हो भन्ने कुरा एकिन हुन सकेको छैन । 

सोही कुराको यथार्थ पत्ता लगाउन डब्लुएचओले अनुसन्धान सुरु गर्न लागेको हो ।  

कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ५ लाख ५९ हजार ५५२ जनाको मृत्यु भइसकेको छ भने योसमेत यसबाट संक्रमित हुनेको संख्या १ करोड २४ लाख ६४ हजार ९१५ पुगिसकेको छ ।  

प्रकाशित: २७ असार २०७७ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App