७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

जिल्ला अस्पतालमा जटिल बिरामीलाई शय्या अभाव

पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा बिरामी बढ्दै जान थालेपछि शय्या अभाव हुन थालेको छ। वर्षायाममा हुने मौसम परिवर्तनलगायत कारण जिल्लामा बिरामीको बढेपछि अस्पताललाई उपचारमा समेत कठिनाइ भएको छ।

जम्मा १५  शय्या व्यवस्था भएको अस्पतालमा असार दोस्रो सातायता जटिल प्रकृतिका बिरामी दिनप्रतिदिन बढ्दै जान थालेपछि भर्ना गरेर राख्न अभाव भएको जिल्ला अस्पतालका डा टसी लामाले जानकारी दिए। सदरमुकाम र  आसपासका क्षेत्रबाट दैनिक ८० देखि ९०  बिरामी उपचारका लागि आउने गरेका छन्।  अस्पतालमा बिरामीको चाप दैनिक दिन बढेपछि जटिल रोगका बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा लामाले बताए।

यतिबेला अस्पतालमा झाडापखाला, दम, मुटु रोगलगायतका बिरामी बढी आउने गरेका छन्। भर्ना भएका बिरामीमा वृद्धवृद्धा र बालबालिका बढी छन्।  केही दिनअघिसम्म कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी भएका बेला अस्पतालका शय्या खाली भए पनि पछिल्लो समय खुकुलो भएपछि बिरामी बढेका छन्। 

प्रकाशित: २६ असार २०७७ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App