१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

डिङ्जी काउन्टी सरकारले दिएका स्वास्थ्य सामग्री फुङ्लिङ आई पुग्यो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि उपलब्ध गराएको आरडिटी किटसहितका सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई पुगेको छ । 

डिङ्जी काउन्टी सरकारका अधिकारीले करिव ३ साताअघि नेपाल–तिब्बत सीमा क्षेत्र टिपतालामा नेपाली अधिकारीलाई स्वास्थ्य सामग्री बुझाएपनि हिमपातसहितका समस्या कारण त्यहाँबाट फुङ्लिङ ल्याउन सकिएको थिएन । 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनका अनुसार पहिलो चरणमा आरडिटी किट, थर्मलगन, एन–९५ मास्क र केहि थान व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई) फुङ्लिङ आएको थियो । त्यसको सातादिन नबित्दै डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि उपलब्ध गराएको सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई सकेको मादेनले जानकारी दिए ।

डिङ्जी काउन्टीले ताप्लेजुङका लागि १ हजार २ सय थान आरडिटी किट, १ हजार २ सय थान एन–९५ मास्क, १ हजार १ सय थान पीपीई, ९६ थान थर्मलगन र १ लाख १० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको थियो ।

सीमावर्ती फक्ताङ्लुङ गााउँपालिकालाई समेत यसअघि डिङ्जी काउन्टीले कोभिड–१९ बिरुद्धका अग्रभागमा खटिने जनशक्तिका लागि स्वास्थ्य सुरक्षा सामग्री पठाईसकेको छ । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ,सो गाउँपालिकाको वडा नं ७ का वडाध्यक्ष छेतेन भोटे र गाउँपालिकाका प्रवक्ता छेतेन वालुङको निरन्तर समन्वयमा ति सामग्री फुङ्लिङ आई पुगेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित: २५ असार २०७७ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App