coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

मिर्गौला पीडित गुरुङलाई सहयोग

याङ्जाकोट परिवार युकेले पठाएको रकम बिरामी रुपा गुरुङलाई हस्तान्तरण गरिँदै ।

कास्की जिल्ला, मादी गाउँपालिका–३, याङ्जाकोटकी मिर्गौला पीडित रुपा गुरुङलाई ५ लाख ७६ हजार ७ सय ७० रुपैंया सहयोग गरिएको छ। याङ्जाकोट परिवार युके लगायत स्वदेशका विभिन्न सस्थाले उनलाई सहयोग गरेका हुन्।  

 याङ्जाकोट तमू समाजले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनलाई रकम दिइएको पत्रकार रोशनी गुरुङले जानकारी दिइन्। विगत ४ वर्षदेखि बिरामी भएकी गुरुङले मिर्गौलाको डायलोसिस गराउँदै आएकी छिन्।

युके परिवारले पठाएको ४ लाख ७० हजार रुपैयाँ समाजसेवीहरू मनबहादुर गुरुङ, तेजबहादुर गुरुङ र इमानसिंह गुरुङले हस्तान्तरण गरे। त्यसैगरि रुपाको मावली तथा आफन्तबाट संकलित ६३ हजार ७ सय ७० रुपैयाँ समाजकी महिला समिति अध्यक्ष लक्ष्मी गुरुङले हस्तान्तरण गरिन्।  

त्यसैगरि कार्यक्रममा याङ्जाकोट क्रोम्छैं चेलीबेटीका तर्फबाट १० हजार रुपैयाँ अध्यक्ष खुसिरी गुरुङले हस्तान्तरण गरेकी थिइन्। कार्यक्रमस्थलमै थप २४ हजार रुपैयाँ पनि उठेको थियो।

प्रकाशित: २५ असार २०७७ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App