७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘हावाबाट कोरोना सर्ने’बारे नेपालका विज्ञले पनि देखाए चासो, यस्ताे दिए बच्ने सल्लाह

हालै ३२ देशका २३९ वैज्ञानिकले कोरोना भाइरस हावामा फैलिएको र त्यसमा श्वास फेर्ने जो कोही संक्रमित हुन सक्ने प्रमाण फेला परेको दाबी गरिरहेका छन् ।  

उनीहरूले संयुक्त रूपमा पत्रिकामार्फत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई खुलापत्र लेख्दै कोरोनाबाट बच्न अपनाइने सुरक्षा सतर्कताको मार्गनिर्देशन नै परिवर्तन गर्न सुझाव दिएका छन् ।  

 

यो पनि पढ्नुहोस्

३२ देशका वैज्ञानिक भन्छन् : काेराेना हावामै मिसिएकाे पाइयाे

 

हावाबाट पनि कोराना फैलिएको तथ्यलाई डब्लुएचओले पनि स्वीकार गरिसकेको छ । तर यसको विस्तृत प्रमाण फेला पार्न अध्ययन जारी राखिएको उसले जनाएको छ ।  

 

यो पनि पढ्नुहोस्

अन्ततः विश्व स्वास्थ्य संगठनले भन्यो : हावाबाट पनि कोरोना सर्छ भन्ने कुरा सही रहेछ

 

यसैबीच यस विषयमा नेपालका विज्ञले पनि चासो देखाएका छन् । कोरोना संक्रमितको हेरचाह गर्ने देशको प्रमुख अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले यस विषयमा आफ्नो राय व्यक्त गरेका हुन् ।  

आफ्नो फेसबुकमार्फत डा. पुनले ती वैज्ञानिकले डब्लुएचओलाई लेखेको खुलापत्रमा प्रकाशित सांकेतिक तस्बिरसमेत सेयर गर्दै हावाबाट कोरोना सर्नबाट बच्ने उपायबारे बुझ्ने भाषामा व्याख्या गरेका छन् । 

‘विश्वका २३९ वैज्ञानिकहरूले संयुक्त रूपमा कोरोना भाइरस हावाबाट सर्ने दाबी गरिरहेका छन् । यसका लागि उनीहरूले बच्ने उपाय पनि सुझाएका छन् । त्यो भनेको कोठामा हावा राम्रोसँग आवतजावत गर्न सक्ने व्यवस्था ९भेन्टिलेसन) गर्नुपर्ने भन्ने हो,’ डा. पुनले फेसबुकमा लेखेका छन्, ‘अर्थात् धेरै मानिस जम्मा भएको कोठाको झ्यालरढोका हावा आवतजावत गर्नसक्ने गरी खुला हुनुपर्छ भनिएको हो । मास्क अनिवार्य लगाउने हो । यहाँ देखाइएको आकृति सोही संयुक्त वैज्ञानिकहरूले प्रकाशित गरेको खुलापत्रमा प्रकाशित गरिएको हो ।’  

हेराैँ, डा. शेरबहादुर पुनकाे याे फेसबुक लिंक :

5tShpgronsfschofcredt ·

विश्वका २३९ बैज्ञानिकहरुले संयुक्त रुपमा कोरोना भाइरस हावाबाट सर्ने दाबी गरिरहेको छ।यसको लागि उनीहरुले बच्ने उपाय पनि सुजाएका छन। त्यो भनेको कोठामा हावा राम्रोसंग आवतजावत गर्न सक्ने व्यवस्था (ventilation) गर्नुपर्ने भन्ने हो।अर्थात् धेरै मानिसहरु जम्मा भएको कोठाको झ्याल/ढोका हावा आवतजावत गर्नसक्ने गरी खुल्ला हुनुपर्छ भनिएको हो।मास्क अनिवार्य लगाउने हो।यहाँ देखाइएको आकृति सोहि संयुक्त बैज्ञानिकहरुले प्रकाशित गरेको खुला पत्रमा प्रकाशित गरिएको हो।

प्रकाशित: २५ असार २०७७ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App