८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाले मस्तिष्कमा पनि उपचारै नहुने यस्ताे गम्भीर रोग लाग्ने सम्भावना !

तस्बिर : बिबिसीबाट

कोरोना भाइरसका कारण मानिसमा एउटा अर्काे नयाँ गम्भीर समस्या देखापर्न सक्ने संकेत वैज्ञानिकले गरेका छन् ।  

उनीहरूका अनुसार कोरोना भाइरसका कारण मस्तिष्कसम्बन्धी गम्भीर रोग उत्पन्न गराउन सक्ने देखिएको हो, जसको उपचारै नहुन सक्छ ।   

युनिभर्सिटी कलेज लन्डनको अनुसन्धानले कोभिड–१९ का ४३ बिरामीको मस्तिष्कमा गम्भीर समस्या देखियो । उनीहरूको दिमागमा सुजन भएको पाइयो, साथै उनीहरूमा मनोविकृति र बेहोसीमा बरबराउने समस्या देखियो ।  

उक्त अध्ययनअनुसार बिरामीको दिमागले काम नगर्न सक्छ । साथै मस्तिष्कको नसा नै क्षति हुन सक्छ र दिमागमा अर्काे समस्या देखिन सक्छ ।  

युनिभर्सिटी कलेज लन्डनका इन्स्टिच्युट अफ न्युरोलजीका डाक्टर माइकल जन्डीका अनुसार ठूलो मात्रामा कोरोना भाइरस पुग्यो भने मानिसको दिमागमा क्षति पुर्याउन सक्छ । सम्भवतः सन् १९१८ को  स्थिति आउन सक्छ । जसरी स्पेनिस फ्लुपछि सन् १९२० र १९३० को दसकमा मानसिक फ्लु इन्सेफलाइटिसको प्रकोप देखिएको थियो।’

बीबीसीका मेडिकल संवाददाता फग्र्युस वाल्सले लेखेको रिपोर्टअनुसार कोरोना भाइरसका कारण कैयौं किसिमका स्नायुजन्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ । बिबिसी

प्रकाशित: २४ असार २०७७ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App