८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रेस्क्रिप्सनविना औषधी बिक्री गर्ने मेडिकल सञ्चालकसहित पाँच जना पक्राउ

प्रेस्क्रिप्सन विना खरीद गरिएको औषधी । तस्बिर : नागरिक

डाक्टरको प्रेस्क्रिप्सनविना औषधी बिक्री गर्ने एक मेडिकल हलका सञ्चालकसहित पाँच जना धरानबाट पक्राउ परेका छन् ।

उनीहरूलाई मंगलबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान ७ भानुचोकस्थित सुमन मेडिकल हलमा सञ्चालक ५३ वर्षीय विनयकुमार गुरुङ रहेका छन् । यस्तै, प्रेस्क्रिप्सनविना औषधी खरीद गर्ने धरान १० का २० वर्षीय सम्यक श्रेष्ठ, धरान १५ का २२ वर्षीय सहबाज सिद्धिकी, २९ वर्षीय अमिर नेपाली र २२ वर्षीय अर्जुन बराइली रहेका छन् । डाक्टरको प्रेस्क्रिप्सन विना औषधी बिक्री भएको सुचनाको आधारमा निरन्तर निगरानी गर्दा किनबेच भएको पाइएपछि पक्राउ गरिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार पक्राउ परेका पाँचै जनाबाट वरामद भएको औषधीसहित थप अनुसन्धान र कारबाहीको लागि विराटनगरस्थित औषधी व्यवस्था विभागमा पठाइएको छ । ‘डाक्टरको प्रेस्क्रिप्सन विना औषधी बेच्न पाइदैन । तर, हामीले निगरानी गर्दा एउटै मेडिकलबाट धेरै पटक बिक्री गरेको पाइयो, ’डिएसपी बस्नेतले भने,‘त्यसैले किन्ने र बिक्री गर्ने दुवैलाई पक्राउ गरेका हौं ।’ डिएसपी बस्नेतका अनुसार लागुऔषधको विकल्पको रुपमा युवाहरूले औषधीलाई प्रयोग गर्न थालेका छन् ।

मेडिकल पसलका सञ्चालक र औषधी खरीदकर्ता युवाहरू । तस्बिर : नागरिक

लागुऔषध ओसारपसारमा कडाई गरिए पछि युवाहरूले दुई/तीन प्रकारका औषधीलाई नै मिसाएर नशाकोरुपमा प्रयोग गरिरहेको डिएसपी बस्नेतले बताए । ‘दुई/तीन वटा औषधी मिसाए पछि नशा दिने रहेछ, त्यसैले युवाहरूले औषधीलाई प्रयोग गर्ने गरेको पायौं,’उनले भने । धरान उपत्यकाबाहिर अत्यधिक लागुऔषध सेवन तथा कारोबार हुने सहर हो । अहिले पनि यहाँ लागुऔषध कारोबारी र सेवनकर्ताहरू अत्यधिक छन्।

प्रकाशित: २३ असार २०७७ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App