३० श्रावण २०७७ शुक्रबार
स्वास्थ्य

हाम्रो उचाइअनुसार तौल कति हुनुपर्छ ?

हप्ताको १ किलो तौल सजिलै घटाउन सकिने निरोगधाम शूत्र

पवनमुक्तासनमा रामदेवी महर्जन ।

आजको संसारमा जल्दोबल्दो स्वास्थ्य समस्याका रूपमा देखिएको छ मोटोपन। कोभिड–१९ का कारण पनि मानिसमा शारीरिक परिश्रमको कमीले मोटोपन बढ्दो छ। लकडाउनमा मोटोपन मात्र होइन, कब्जियत लगायत मानसिक समस्या बढिरहेको छ। वास्तवमा मोटोपन नै सबै रोगको घर हो। शरीरमा आवश्यकताभन्दा बढी बोसो जम्नु, पेट बाहिर निस्कनु र शरीरको आकारमा परिवर्तन हुनु नै मोटो हुनु हो। तर अहिले मानिसमा आफ्नो तौल कति हुनपर्छ? कति तौल स्वस्थताको आधार हो भन्ने कुरामा अलमल छन्। तौलसम्बन्धी सही ज्ञान भएमा मानिस सजग हुन्छन्।  

मोटोपन भनेको उचाइअनुसार तौल बढी हुनु र छातीभन्दा पेट बढ्नु हो। अधिक मोटोपन संगसंगै उच्च रत्तचाप, मधुमेह, दम, बाथ, मुटुरोग आदि जीर्ण दीर्घरोग हुने गर्छ। त्यसैले उचाइअनुसार बढी भएको तौललाई हरहालतमा घटाउने काम हुनुपर्छ।  

मोटोपन के हो र यसबाट कसरी बच्ने भन्ने बुझ्नुअघि आफ्नो उचाइअनुसार तौल कति हुनुपर्छ भन्ने सामान्य ज्ञान हुन जरुरी छ।

रामदेवी महर्जन
 

उचाइअनुसार तौल कति हुनुपर्छ?

उचाइअनुसार तौल मापन गर्ने धेरै विधि छन्। यहाँ दुई सरल शूत्रको व्याख्या गरिएको छ।

१. बिएमआई  

यो विश्वमा प्रचलित विधि हो जसलाई बडी मास इन्डेक्स भनिन्छ। यो सूत्रअनुसार उचाइलाई मिटरमा नापी आउने अंकको वर्गफल (होल स्क्वायर)ले तौल केजीलाई भाग गर्दा १८.५ देखि २४.९ सम्म भागफल आएको तौललाई सामान्य तौल मानिन्छ।

उदाहरण 

व्यक्तिको उचाइः १६७ सेमी

तौलः ५५ केजी छ भने  

सूत्र अनुसारः ५५केजी÷२.७८८९ (१६७ सेमी उचाइलाई मिटरमा लगि त्यसको वर्गफल अर्थात् होल स्क्वायर) ले ५५ केजी तौललाई भाग गर्दा १९.७२ हुन्छ। यसलाई सामान्य तौल मान्न सकिन्छ तर यो मापदण्डअनुसार २४.९ सम्म आएको तौललाई ठीक मान्दा छाती र कम्मरको अनुपात नमिलेको र तौल बढी भएको देखिन्छ। त्यसैले १९.५ देखि २२ सम्म आएको भागफललाई ठीक तौल भन्न सकिन्छ। त्यो भन्दा बढी आएको भागफल तौल बढी भनेर बुझ्नुपर्छ।  

२. निरोगधाम सूत्र 

यो सूत्र सामान्य र सरल छ। यस सूत्रअनुसार पाँच फिट भएको व्यक्तिको अधिकतम तौल ५० मान्ने। ५० केजीलाई मिन भ्यालु मानेर त्योभन्दा उचाइ बढी या घटी भएमा एक इन्च बराबर २.५का दरले ५० मा जोड्ने वा घटाउने गर्ने।  

उदाहरण  

उचाईः पाँच फिट एक इन्च भएमा

सूत्रअनुसारः एक इन्च बढी भएको हुनाले ५०मा एक इन्च बराबर २.५ जोड्दा ५२.५ हुन्छ। तसर्थ पाँच फिट एक इन्च भएको व्यक्तिको अधिकतम तौल ५२.५ हुन्छ।  

त्यसैगरी पाँच फिटलाई एक इन्च कम भएमा ५० मा २.५ घटाएर ४७.५ अधिकतम तौल हुन्छ। यसरी सजिलै आफ्नो तौल मापन गर्न सकिन्छ।  

न्यूनतम तौलः उचाइअनुसार आउने अधिकतम तौलको २० प्रतिशतसम्म कमलाई न्यूनतम तौल मान्न सकिन्छ। जस्तै पाँच फिट उचाइ भएको व्यक्तिको तौल ५० केजीको २० प्रतिशत १० हुन्छ र ५० केजीमा १० घटाउँदा ४० केजी हुन्छ। यसअनुसार पाँच फिट उचाइ भएको व्यक्तिको अधिकतम तौल ५० हो भने न्यूनतम तौल ४० हुन्छ। न्यूनतम तौल हुँदा आत्तिनु पर्देन। जति तौल बढी हुँदा बेफाइदा हुन्छ त्यति न्यूनतम तौलमा बस्दा बेफाइदा हुँदैन। स्वाथ्यका हिसाबले व्यक्तिको उचित तौल अधिकतम र न्यूनतम तौलको बीचमा रहनु उत्तम हुन्छ।  

तौलको कुरा गर्दा छाती र कम्मरको अनुपात भने बिर्सनु हुँदैन। यदि आफ्नो तौल उचाइअनुसार अधिकतम तौल सीमामा छ तर छातीभन्दा कम्मरको अनुपात बढी छ भने त्यो तौललाई बढी भनी बुझ्नुपर्छ।  

उचाइअनुसार तौल र छातीअनुसार पेटको अनुपात मिलेमा शरीर छरितो, हलुको हुन्छ। स्वास्थ्यका हिसाबले पनि स्वस्थ र हेर्ने दृष्टिकोणले पनि सुन्दर हुन्छ। त्यसैले स्वस्थ हुन होस वा  सुन्दर देखिन, उचाइअनुसार तौल र छातीअनुसार कम्मर ठीक हुनुपर्छ। यो सूत्रअनुसार तौल र छातीअनुसार कम्मरको मापदण्ड मिलाएमा अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।  

छाती र कम्मरको अनुपात कति हुनुपर्छ?

सामान्यतः हाम्रो छातीभन्दा पेटभित्र गएको हुनुपर्छ। छाती र कम्मर (पेट, नाइटोको भाग)को नापको अनुपात १००ः ७५ हुनुपर्छ। अर्थात् यदि व्यक्तिको छाती १०० छ भने कम्मर (पेट) २५ प्रतिशतले कम ७५ हुनु सबैभन्दा राम्रो हो। उदाहरणका लागि ३४ छाती भएको व्यक्तिको कम्मर २५ प्रतिशतले कम २५ हुनु राम्रो हुन्छ। छातीभन्दा पेटको नाप जति बढी हुन्छ त्यत्तिकै अनुपातमा तौल बढी हुन्छ।  

यसरी उचाइअनुसार तौल र छातीअनुसार पेटको अनुपात मिलेमा शरीर छरितो, हलुको हुन्छ, स्वास्थ्यका हिसाबले पनि स्वस्थ र हेर्ने दुष्टिकोणले पनि सुन्दर हुन्छ। त्यसैले स्वस्थ हुन वा सुन्दर देखिन, उचाइअनुसार तौल र छातीअनुसार कम्मर ठीक हुनुपर्छ। यो सूत्र अनुसार तौल र छाती कम्मरको मापदण्ड मिलाएमा अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।  

त्यसैले मोटोपन भनेको उचाइअनुसार तौल बढी हुनु र छातीभन्दा पेट बढ्नु हो। अधिक मोटोपन संगसंगै उच्च रत्तचाप, मधुमेह, दम, बाथ, मुटुरोग आदि जीर्ण दीर्घ रोग हुने गर्छ। त्यसैले उचाइअनुसार बढी भएको तौललाई हरहालतमा घटाउने काम हुनुपर्छ।  

मोटोपन हुनुका कारणहरू  

१. हाम्रो शरीरमा आउने सम्पूर्ण स्वास्थ्य समस्या हामीले गर्ने आहार, विहार र विचारसंग जोडिएको हुन्छ। मोटोपन पनि हामीले गर्ने गलत आहार, विहार र विचारका कारणले हुन्छ।  

२. आवश्यकताभन्दा बढी खानु।

३. कुचुकुचु खाने बानी।  

४. मैदाजन्य वस्तुको बढी प्रयोग।  

५. पानीको कमी।  

६. बेलुकी ढिलासम्म खानु।

७. भारी खाना जस्तै माछा, मासु, अण्डा, दूध, चिल्लोमा तारेभुटेको खानु।

८. खाना चपाईचपाई नखानु।  

९. खानासँग पानी पिउने बानी गर्नु।  

१०. काम र आरामको सन्तुलन नहुनु।  

११. अनिद्रा वा तनाव हुनु।  

मोटोपन पनि शरीरबाट निष्कासन हुनुपर्ने फोहोर निष्कासन हुन नसकी शरीरमा जम्मा भएर हुन्छ। यो सबैभन्दा पहिला पेटमा जम्मा हुन्छ र पेटको आकार बढ्दै जान्छ। एक हदसम्म पेटमा जम्मा भएपछि बिस्तारै शरीरका अन्य अंग घाँटी, अनुहार, हिप तथा हातखुट्टामा जम्मा हुन जान्छ, शरीरको आकारमा परिवर्तन भई शरीर बेडोल हुन्छ।

मानिसहरू डाइटिङ गरेर, विभिन्न औषधि जडीबुटी, सिल्मी चिया, कागती पानी आदि खाएर घटाउन सकिन्छ कि भन्ने भ्रममा परेका छन्। यी सबै विधि क्षणिक हुन्छन्। सही तरिकाले तौल घटाउन र अरू समस्याबाट बच्न हमेसा उचित आहारसंगै विहार र बिचार पनि उचित हुनुपर्छ।

आहार कस्तो हुनुपर्छ ?

मोटोपन हुनुको मुख्य कारण खानामा रेसा छोक्राबोक्रा र चोकरसहितको खाना जस्तै हरिया सागसब्जी, फलफूलको कमी हो। हरियो सागसब्जी र फलफूलले पाचनलाई राम्रो गरी शरीरबाट फोहर निष्कासन गर्न सहयोग गर्छ। तर हाम्रो खानामा यी खानेकुरा निकै कम प्रयोग हुन्छ। प्रकृतिको नियमअनुसार खाएको खाना २४ घण्टामा पचेर चाहिने रस सोसेर बाँकी भएको मल जसलाई हामी दिसा भन्छौ त्यो बाहिर निष्कासन हुनुपर्छ। यदि हुन सकेन भने शरीरमा फोहर जम्मा भई समस्या हुन्छ। 

मोटोपन पनि शरीरबाट निष्कासन हुनुपर्ने फोहोर निष्कासन हुन नसकी शरीरमा जम्मा भएर हुन्छ। यो सबैभन्दा पहिला पेटमा जम्मा हुन्छ र पेटको आकार बढ्दै जान्छ। एक हदसम्म पेटमा जम्मा भएपछि बिस्तारै शरीरका अन्य अंग घाँटी, अनुहार, हिप तथा हातखुट्टामा जम्मा हुन जान्छ, शरीरको आकारमा परिवर्तन भई शरीर बेडोल हुन्छ। यसैलाई मोटोपन भनिन्छ। त्यसैले मोटोपनबाट बच्न र अन्य स्वास्थ्य समस्या आउन नदिन दैनिक खानामा अनिवार्य निष्कासक आहार हुनपर्छ।

तीन बराबर आहार

निष्कासक आहारहरू

अन्न– अप्रशोधित र सम्भव भएसम्म कम प्रशोधन गरिएका खाद्य पदार्थ जस्तै नफलेको चामल, गहँु, मकै, फापर, चोकरसहितको पिठोबाट बनेको भात, रोटी, ढिँडो, च्याँख्ला, लगायत सबै पूर्ण अन्नमा रेशा, छोक्राबोक्रा हुन्छ।  

हरियो तरकारी–प्रकृतिले स्वस्थ रहन दिएको सर्वोत्तम उपहार हो तरकारी। हरिया पात भएका र पात नभएका सबै हरिया देखिने तरकारी निष्कासक आहार हुन्।

फलफूल–सबैभन्दा हलुका र स्वस्थ रहन अति लाभदायक निष्कासक आहार हो फलफूल। प्रकृतिकै चुल्होमा पाकेका सम्पूर्ण फल, तरकारीमा शरीरलाई चाहिने छोक्राबोक्रा प्रशस्त हुन्छ र शरीर सफा राख्न मद्दत गर्छ। साथै शरीरलाई चाहिने खनिज लवण, भिटामिन्स पनि प्रशस्त  हुन्छ। यी खानाको प्रयोगले शरीर हलुका र फूर्तिलो हुन्छ।  

खाएर मात्र शरीरमा बल आउने होइन, खाएको खाना सही तरीकाले पचेर चाहिने रस शरीरले लिएर बाँकी मल शरीरबाट निष्कासन भएपछि मात्र शरीरमा बल लाग्छ। त्यसका लागि शारीरिक परिश्रम र व्यायामको आवश्यकता हुन्छ।

हाम्रो दैनिक खानामा यी तीनै चिजको बरोबर मात्रा (अन्नबाट पकाएर बन्ने परिकार एक भाग, हरियो तरकारी पकाएको एक भाग र काँचो फलफूल तथा सलाद एक भाग) हुनुपर्छ। यसरी मिलाएर खाँदा शरीरलाई चाहिने ठोस आहार पनि पुग्छ, पाचनलाई ठीक ढंगले अघि बढाउन छोक्राबोक्रा पनि प्राप्त हुन्छ, शरीरलाई चाहिने प्राकृतिक रस पनि पुग्छ र दैनिक दिसा खलास पनि हुन्छ जसले शरीरमा फोहोर जम्मा हुन पाउँदैन र मान्छे मोटाउँदैन।  

सामान्यतः स्वस्थ रहन सबैलाई मिल्ने तीन बराबर आहार हो। तर जीर्ण तथा दीर्घ रोग छ भने सल्लाह र परामर्श लिएर मात्र खाना मिलाउने। अन्य अवस्थामा सबैले खान सकिन्छ।

हप्तामा १ किलो तौल घटाउने निरोगधाम सुत्र  

तीन बराबर आहार सबैलाई हुन्छ तर तौल बढी भएकाहरूले तीन बराबर आहारमा केही मिलाएर खानुपर्छ।  

१. अन्न–आफूले खाइरहेको साविकको खाना (भात÷रोटी÷ढिंडो÷च्याँख्ला)मा एकदेखि दुई भाग अर्थात् २० देखि २५ प्रतिशत कम गर्ने।  

२. हरिया तरकारी–पात भएका १ थरी र पात नभएको मिक्स १ थरी गरी करीब ३०० ग्राम तरकारी अनिवार्य हुनुपर्छ।

३.सलाद–अन्तमा गाजर, बन्दा, काँक्रा या फलफूल १५० देखि २०० ग्राम लिने। सलाद चपाईचपाई खानुपर्छ। खोकी लागेको छ वा श्वासप्रश्वाससम्बन्घी समस्या भएमा उसिनेर खाने।  

एक भाग अन्न कम गरी तरकारी र सलाद बढाएर खाँदा बढी भएर बसेको बोसो पनि शरीरले खपत गर्छ, फोहोर पनि निष्कासन हुन्छ र तौल पनि सजिलै घट्छ। यदि अन्नको मात्रा १ भाग कम गरेर पनि तौल कम भएन भने १ देखि २ भागसम्म कम गर्न सकिन्छ। यसरी खाना मिलाउँदा हप्तामा १ किलो तौल सजिलै घटाउन सकिन्छ।  

खाने नियम–भोक लागेपछि खानु उपयुक्त हुन्छ। तर भोक लाग्यो भन्दैमा खाइरहनु हुँदैन। सामान्यत बिहान, दिउँसो र बेलुकी गरी ३ पटक भन्दा बढी नखाने।  

बिहानको खाना– बिहानको खाना ९ देखि १० बजेभित्र खाने।  

दिउँसोको खाजा–दिउँसो २ देखि ३ बजे भेजिटेबल सुप या मौसमअनुसारको फल लिने। दिउँसोको खाजा हल्का खाँदा तौल चाँडै घट्छ।  

बेलुकीको खाना– बेलुकी ७ देखि ८ बजेभित्र बिहानको जस्तै खाने। बेलुकी खाना खानेबित्तिकै नसुत्ने। खाना खाएको कम्तीमा १ देखि २ घण्टापछि मात्र सुत्ने।

नास्ता– ९ देखि १० बजे खाना खानलाई नास्ता खानु पर्दैन। यदि खाना ढिला ११ देखि १२ बज्छ भने मात्र नास्ता खाने। खानै परेमा केही फलफूल मात्र लिने।

यसरी एक भाग अन्न कम गरी तरकारी र सलाद बढाएर खाँदा बढी भएर बसेको बोसो पनि शरीरले खपत गर्छ, फोहर पनि निष्कासन हुन्छ र तौल पनि सजिलै घट्छ। यदि अन्नको मात्रा १ भाग कम गरेर पनि तौल कम भएन भने १ देखि २ भागसम्म कम गर्न सकिन्छ। ध्यान दिनुपर्ने कुरा अन्नको मात्रा धेरै कम भएमा पनि कब्जियत हुन्छ भने धेरै भएमा पनि तौल बढ्छ। त्यसैले मात्रालाई ध्यानमा राखेर खाने।

के नखाने?  

मैदाबाट बनेका परिकारहरू।  

भारी खाना माछा, मासु र दाल गेडागुडी पनि तौल पूर्ण रूपमा नघटेसम्म नखाँदा राम्रोसंग तौल घट्छ।

चिल्लोमा तारेभुटेका मसलेदार खाना।  

ड्राइ नट्स।  

गर्मी गराउने खानाहरू।  

चियाकफी र चिसो पेय पदार्थहरू।  

चिनी र मिठाई।  

जंकफूड र फास्टफूड।  

नून धैरै नखाने।  

पानी  

खाना संगसंगै पानी पनि मिल्नुपर्छ। पानी पाचन प्रक्रियामा अति आवश्यक घटक हो जसले शरीर भित्रका फोहोरलाई सफा गरी बाहिर ल्याउने काम गर्छ। पानीको कमीले शरीरको फोहर बाहिर निष्कासन हुन पाउँदैन र मोटोपन हुन्छ।  

पानी पिउने उचित विधि

– बिहान उठ्नेबित्तिकै ट्वाइलेट जानुअघि ३ देखि ४ गिलास लगभग १ लिटर मनतातो पानी पिउने। यसले आन्द्रामा जमेका मल निष्कासन गर्न मद्धत गर्छ। बिहान पिउने पानी बिस्तारै पिउने होइन, एकैचोटि घट्घट् पिउनुपर्छ। पानी भने मौसमअनुसार चिसो वा मनतातो हुनुपर्छ।  

– कुनै पनि ठोस आहारसँग पानी नलिने। ठोस आहारसंग पानी लिएमा पाचन प्रक्रियालाई चाहिने ¥याल पातलो भई पाचन प्रक्रियामा अवरोध हुन्छ र अपच भई कब्जियत र मोटोपन हुन्छ।

– हरेक ठोस आहार र पानीको अन्तर करिब १ घण्टा राख्ने।

– दिउँसो प्रत्येक घण्टा एकएक गिलास करीब २५० मिलिलिटर पानी लिइरहने। दिउँसो लिने पानी दिन लामो छोटो हेरेर बेलुकी ५–६ बजेसम्म बेलुकीको खाना खानु २ घण्टा अगाडीसम्म लिने।

– बेलुकी खानापछि करीब १ या २ घण्टापछि सुत्न एक गिलास मनतातो पानी पिएर सुत्ने।  

– पेट दुखेको, रुघा लागेको, खोकी लागेको र ग्याँस बढेको अवस्थामा तातोपानी लिनुपर्छ भने अन्य अवस्थामा चिसो पानी नै लिनु उपयुक्त हुन्छ।

यसरी पानीको नियम मिलाएमा शरीर र पाचन क्रियालाई आवश्यक पानी पुग्छ साथै शरीरलाई गर्मी पनि हुन दिँदैन।  

सामान्यतः पानी चिसै लिनु राम्रो हुन्छ। धेरै तातोपानीको प्रयोगले पनि कब्जियत गराउँछ। त्यसैगरी पानीको सट्टा अन्य पेयपदार्थ जस्तै रियल जुस, चिया कफी आदी खानाले पनि कब्जियत हुन्छ। पानीको सही प्रयोग मात्र भए पनि धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।  

सूर्य नमस्कार  

विहार कस्तो हुनुपर्छ ?

तौल बढ्नुमा जसरी आहार र पानीको भूमिका हुन्छ त्यसैगरी विहारको पनि उत्तिकै भूमिका हुन्छ। विहार भन्नाले शरीर हल्लाएर गर्ने सबै काम पर्छन्।

एउटा उखान छ, ‘खुट्टा जति चल्यो त्यति शरीर बलियो, मुख जति कम चल्यो त्यति राम्रो’ तर आजकल पूरै उल्टो भएको छ। अहिले अधिकांश मानिसको मुख छिनछिनमा चल्छ तर खुट्टा भने धेरै कम। समाजमा खाएर मात्र बलियो भइन्छ भन्ने गलत भ्रम छ। तर खाएपछि पच्नका लागि शरीर चलायमान हुनुपर्छ। खाएर मात्र शरीरमा बल आउने होइन, खाएको खाना सही तरीकाले पचेर चाहिने रस शरीरले लिएर बाँकी मल शरीरबाट निष्कासन भएपछि मात्र शरीरमा बल लाग्छ। त्यसका लागि शारीरिक परिश्रम र व्यायामको आवश्यकता हुन्छ।  

मेरुदण्ड सिधा खुकुलो राख्ने–हिँड्दा, बस्दा, उभिँदा, सुत्दा, पढ्दा, लेख्दा जुनसुकै काम गर्दा पनि मेरुदण्ड सीधा खुकुलो राख्ने। यसले सम्पूर्ण शरीरमा रक्तसंचार राम्रो हुन्छ।

शरीरिक व्यायाम–हरेक व्यक्तिले २४ घण्टामा एक घण्टा स्वस्थ रहन शारीरिक व्यायाम गर्नुपर्छ। त्यसैले दैनिक १ घण्टा शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्ने। व्यायाम बिहान फ्रेस हावामा हिँड्दा पनि हुन्छ, योग व्यायाम गर्दा पनि हुन्छ या अन्य व्यायाम गरे पनि हुन्छ। तर ध्यान दिनुपर्ने कुरा व्यायाम हमेसा खाली पेटमा बिहान २ देखि ४ गिलास पानी पिएपछि पेट सफा भएपछि गर्नु लाभदायक हुन्छ तर अन्य समयमा गर्नुपर्दा खाना खाएको ३ देखि ४ घण्टामा गर्न सकिन्छ।

मेरुदण्ड सिधा खुकुलो राख्ने–हिँड्दा, बस्दा, उभिँदा, सुत्दा, पढ्दा, लेख्दा जुनसुकै काम गर्दा पनि मेरुदण्ड सीधा खुकुलो राख्ने। यसले सम्पूर्ण शरीरमा रक्तसंचार राम्रो हुन्छ।

काम र आरामको सन्तुलन–काम गरेपछि शरीर थाक्छ यो प्रकृतिको नियम हो। त्यसैले काम र आरामको सन्तुलन हुनुपर्छ।  

निद्रा– शरीरको लागि अति आवश्यक चिज हो निद्रा। निद्रा राम्रो नभएमा खाएको खाना पच्न सक्दैन। त्यसैले हरेक व्यक्तिलाई दैनिक ६ देखि ८ घण्टा गहिरो निद्रा आवश्यक हुन्छ।

विचार  

हामीले गर्ने आहार, विहार ठीक राख्न मुख्य भूमिका विचारको हुन्छ। तसर्थ विचार हमेसा उचित हुनुपर्छ। विचार उचित हो वा अनुचित भन्ने कसरी थाहा पाउने भन्ने लाग्न सक्छ। धेरै सजिलो छ छुट्टयाउन मात्र शरीरलाई मापदण्ड बनाए पुग्छ। जसरी आहार र विहार नमिलेको शरीरमा देखापर्छ । त्यसैगरी विचार मिले नमिलेको पनि शरीरमै देखापर्छ। त्यसैले जुन विचार गर्दा शरीरलाई अप्ठेरो र असजिलो हुन्छ, अनुहार अँध्यारो हुन्छ, त्यो विचार गलत र जुन विचार गर्दा शरीलाई सजिलो र अनुहार उज्यालो हुन्छ त्यो विचार उचित हो।  

गलत  विचारहरू धेरै चिन्ता, तनावले रिस, मोह, लोभ आदिले शरीरमा तनाब भई अनिद्रा हुन्छ, नैराश्य बढ्छ जसले गर्दा पाचन क्रियामा गडबडी भई कब्जियत हुन्छ। त्यसैले सदा यो शरीरको कल्याण हुने र अरूको कल्याण गर्ने विचार गर्नुपर्छ।

मानिसले जन्मेदेखि नमरेसम्म गर्ने यी तीन चिज (आहार, विहार र विचार) हुन्। मान्छेले यात खाने काम गर्छ या शरीर हल्लाएर गर्ने गतिविधि गर्छ कि दिमाग लगाएर विचार गर्ने काम गर्छ। यी तीन चिज उचित भएमा मान्छे सदा स्वस्थ र निरोगी रहन सक्छ। त्यसैले जे गर्दा पनि शरीरलाई मापदण्ड बनाएर गरेमा सजिलै स्वस्थ हुन सकिन्छ। खाँदा पनि शरीरका लागि के ठीक के बेठीक भन्ने ध्यानमा राखी खाने गरेमा मोटोपन मात्र होइन, अरू स्वास्थ्य समस्याबाट पनि बच्न सकिन्छ। 

गलत  विचारहरू धेरै चिन्ता, रिस, मोह, लोभ आदिले शरीरमा तनाब भई अनिद्रा हुन्छ, नैराश्य बढ्छ जसले गर्दा पाचन क्रियामा गडबडी भई कब्जियत हुन्छ। त्यसैले सदा यो शरीरको कल्याण हुने र अरूको कल्याण गर्ने विचार गर्नुपर्छ।

यसरी मिलाएर खाँदा पेट पनि भरिने, शरीरलाई चाहिने पोषण पनि पुग्ने र हप्तामा १ किलो सजिलै घट्ने हुन्छ। यो तौल घटाउने सजिलो,सरल विधि हो र गरे सजिलै हुन्छ। तर मोटोपन बाहेक अरू समस्या छ भने परामर्श लिएर मात्र खाना मिलाउनुपर्छ। प्रकृतिप्रेमी, निरोगधामले यही सरल विधिलाई अपनाएर सबै मानिसलाई स्वस्थ र निरोगी रहने प्रेरणा दिँदै आएको छ।  

आउनुस् हामी सबै मिली आफ्नो स्वस्थ्य आफ्नै हातमा लिई सदा उचित आहार, विहार र विचारलाई व्यावहारिक जीवनमा लागु गरी आफू पनि स्वस्थ रहौं र अरूलाई पनि स्वस्थ रहन प्रेरित गरौं।

आफ्नो स्वास्थ्य आफ्नै हातमा। देशको भाग्य हरेकको हातमा।

ध्यान दिऔं

१. खाना जीवन निर्वाह र शरीर संचालनका लागि चाहिन्छ। तसर्थ खानेकुरा त्यति मात्र खानुपर्छ जति शरीरलाई आवश्यक हुन्छ। आवश्यकताभन्दा बढी खाएको खानाले शरीरलाई बल होइन रोगको कारण बन्छ।

२. खाना मीठोनमीठो र मनपर्छ मनपर्दैन भन्ने आधारमा होइन, शरीरलाई मापदण्ड बनाएर यो शरीर निर्वाहका लागि जे आवश्यकता छ त्यही खानुपर्छ। त्यसैले खाना प्राकृतिक र शाकाहारी हुनुपर्छ।  

३. भारी खानेकुरा जस्तै माछा, मासु, अण्डा, दूध नखाने।  

४. खाना छिटोछिटो नखाने। छिटोछिटो खानाले खाना -यालसंग मुछिन पाउँदैन र पाचन क्रिया ढिला हुन्छ।  

५. एउटा खाना र अर्को खानाको समयाअन्तर करीब ४ देखि ५ घण्टा हुनुपर्छ। त्यस बीचमा घण्टाघण्टामा पानी मात्र लिनुपर्छ। बीचमा अर्को खाना खाएमा पहिलेको खाना पच्न पाउँदैन र पछिको खाना पनि पच्न सक्दैन र कब्जियत हुन्छ।  

६. जुनसुकै काम गर्दा पनि मेरुदण्ड सीधा र खुकुलो राख्ने। शिर कहिल्यै पनि ननिहुराउने।

७. दिउँसो नसुत्ने ।

८.सुत्नेः बेलुकी खाना खानेबित्तिकै सुत्नु हुँदैन। खाएको करीब एकडेढ घण्टापछि मात्र सुत्नुपर्छ।  

९.उठ्नेः बिहान ढिला उठेमा पनि पचेर बाहिर निष्कासन हुन तयार भएको मल निष्कासन हुन पाउँदैन। त्यसैले बेलुकी दस बजे र बिहान पाँच बजे उठ्नु उत्तम हुन्छ।  

मानिसहरू डाइटिङ गरेर, विभिन्न औषधि जडीबुटी, सिल्मी चिया, कागती पानी आदि खाएर मोटोपन घटाउन सकिन्छ कि भन्ने भ्रममा परेका छन्। यी सबै विधि क्षणिक हुन्छन्। सही तरीकाले तौल घटाउन र अरू समस्याबाट बच्न हमेसा उचित आहारसंगै विहार र विचार पनि उचित हुनुपर्छ। प्रकृतिप्रेमी, निरोगधामले यही सरल विधिलाई अपनाएर सबै मानिसलाई स्वस्थ र निरोगी रहने प्रेरणा दिँदै आएको छ।  

व्यायाम के गर्ने ?

सामान्यतः हल्का मोटा मान्छेले सबै व्यायाम गर्न मिल्छ। तर अत्यधिक तौल भएकाले भने दौडिने, उफ्रिने, कुद्ने र भारी व्यायाम गर्ने गर्नु हुँदैन। त्यसो गरेमा शरीरको सम्पूर्ण तौलको भार घुँडामा जाने हुँदा पछि घुँडासम्बन्धी समस्या आउँछ। त्यसैले अधिक मोटो भएकाहरूले पहिला खाना मिलाएर तौल कम गरेपछि मात्र व्यायाम गर्ने।  

गर्न मिल्ने व्यायामहरू

मार्निङ वाकः तौल बढी भएकालाई सबैभन्दा उपयुक्त व्यायाम बिहानको हावामा ३० देखि ६० मिनेट हिड्नु हो। हिड्ँदा बिस्तारै फटाफट हिँड्ने शरीरबाट पसिना निस्कने गरी तर दौडिने, कुद्ने भने गर्नु हँुदैन।  

योग व्यायामः योग व्यायाम तौल घटाउन उपयुक्त व्यायाम हो। योग व्यायाममा हल्का वार्मअप, अंग व्यायाम जति सकिन्छ त्यति सूर्य नमस्कार, सुतेर, उठेर, बसेर गर्ने आसन गर्न सकिन्छ तर बलपूर्वक भने कुनै पनि आसन, व्यायाम नगर्ने ।  

अन्य व्यायामः साइक्लिङ, एरोविक पनि गर्न सकिन्छ तर भारी व्यायाम भने गर्नु हुँदैन।  

(‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखिका महर्जन प्रकृतिप्रेमी निरोगधामकी उआविवि र योग प्रशिक्षक हुन् ।)  

आश्वासन 

प्रकाशित: २२ असार २०७७ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App