coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं उपत्यकामा पनि भयावह बन्दै कोरोना, एकै दिन थपिए ३० संक्रमित

काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण भयावह बन्दै गएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार उपत्यकामा एकैदिन ३० कोरोना संक्रमित थपिएका हुन्।  

नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार अपराह्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रस्तुत गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यसैगरी ललितपुरका २ र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रवक्ता डा. गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा २१, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ५ जना र वीर अस्पतालमा १ जना गरी काठमाडौंका मात्रै २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

यस्तै त्रिवि शिक्षण अस्पतालमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।  

काठमाडौं उपत्यकामा एकैदिनमा संक्रमित थपिएको यो संख्या अहिलेसम्मकै बढी हो।  

यो पनि पढ्नुहोस्

थप २९३ जनामा कोरोना संक्रमण, कूल संख्या  १५,७८४ 

प्रकाशित: २१ असार २०७७ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App