१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

गण्डकी प्रदेशमा १६ हजार ४ सय ९६ जनाको कोरोना परीक्षण, १०३१ संक्रमित

गण्डकी प्रदेशमा हालसम्म १ हजार ३१ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये २१४ जना निको भएर घर फर्किसकेका छन् । अन्यको उपचार जारी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित २ जनाको भने मृत्यु भएको छ ।

विहीबार मात्र थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । विहीबार कोरोना संक्रमण भएका १७ मध्ये १६ जना लमजुङ र १ जना कास्कीका रहेका छन् । निर्देशनालयका अनुसार लमजुङको बेशीसहरका २४, २७ र ३४ वर्षका पुरुष, लमजुङ दोर्दीका २६ र २४ वर्षका पुरुष, मध्यनेपालका २६, ४१, २७ र ५० वर्षिय पुरुष, दूधपोखरीका ५० वर्षिय पुरुष, सुन्दरबजार नगरपालिकाका ३६, ४८ र ६० वर्षिय पुरुष तथा ३५ वर्षिया १ महिला, मस्र्याङ्दीका ३९ वर्षिय पुरुष र राइनस गाउँपालिकाका ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै पोखरा महानगरपालिकाका ३३ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कुल १६ हजार ७ सय ६१ को स्वाब संकलन भएकोमा पिसीआर परिक्षण गर्दा १५ हजार ४ सय ६५ जनामा नेगेटिभ देखिएको छ भने २६५ जनाको नतिजा आउन बाँकी रहेको शर्माले बताए । १३ हजारमा आरडिटी गरिएको उनले बताए ।

गण्डकी प्रदेशमा हाल दैनिक ४ सयदेखि ५ सय जनासम्मको पिसीआरबाट कोरोना परीक्षण भइरहेको निर्देशक शर्माले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको ३ वटा पिसीआर मेसिनबाट दैनिक १९ घण्टा कोरोना जाँच गरिदै आएको उनले बताए । दैनिक ६ सय जनासम्मको परीक्षण गर्नसक्ने क्षमता भएपनि पिसीआर परीक्षणको चाप नहुँदा परीक्षण फुलफ्लेजमा नगरिएको उनले बताए । 

क्वारेन्टिनमा रहेकाहरुको परीक्षण सकिएकाले परीक्षणको चाप घटेको उनको भनाई छ । उनले स्वाब संकलन गरेको २४ घण्टाभित्र रिपोर्ट सार्वजनिक गर्न सक्ने अवस्थामा आफूहरु रहेको बताए ।

प्रकाशित: १८ असार २०७७ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App