coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

समुदायमा कोरोना फैलिन नदिन के गर्ने ?

सरकारले दुई सातादेखि कतिपय जिल्लामा लकडाउन खुकुलो गरेको छ। यसलाई कतिपयले कोरोनाको जोखिम हटेको रूपमा लिएका छन् भने कतिपयले कोरोनाले केही गर्दैन भनेर मनपरी गरेको पनि देखिन्छ। तर विज्ञहरूले भने लापरवाही भयो भने कोरोना समुदायमा फैलिने स्थिति आउने भन्दै सचेत हुन आग्रह गरेका छन्।  

उनीहरूले सरकार र जनता दुवैको प्रयासले मात्र कोरोना समुदायमा फैलिनबाट नियन्त्रण गर्न सकिने सुझाव दिएका छन्। अहिले सरकारले कोरोना नियन्त्रणमा गरेका गतिविधि पर्याप्त नभएको, मापदण्डअनुसार क्वारेनटिन तथा आइसोलेसन नभएको र अस्पतालको समेत उचित व्यवस्थापन नभएको आरोप उनीहरूको छ। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले सरकारले अहिले कोरोना नियन्त्रका लागि गरेको सञ्चार प्रक्रिया प्रभावकारी नभएको बताए। नेपालमा बहुभाषी जनसंख्या रहेको र सयौं भाषी रहेको मुलुकमा एउटा भाषामा मात्र सन्देश दिँदा सबैले नबुझेकाले कोरोना नियन्त्रणमा जनताको सही भूमिका हुन नसकेको उनले बताए।  

कोरोना नियन्त्रणका लागि प्रभावकारी सञ्चार हुनको लागि भाषिक समूहमा त्यही भाषामा कोभिड–१९ संक्रमणबाट बच्ने उपायका सन्देश हुनुपर्छ। परीक्षणको दायरा बढाउने, कोभिड जाँच नगर्ने अस्पतालहरूले आफ्नो नियमित सेवा प्रभावकारी बनाउने, क्वारेनटिन गुणस्तरीय हुनुपर्ने, अस्पतालको सफाइ उच्चस्तरको हुनुपर्ने सुझाव डा. मरासिनीको छ। उनका अनुसार हाल धेरैजसो कोरोना अस्पताल र क्वारनिटनबाटै अरुमा सरेको देखिन्छ। यी दुवै स्थानमा भौतिक दूरी, हरेक स्थानको निस्क्रमंण गर्न सकेको अवस्था छैन। ‘अस्पतालमा कोभिड १९ संक्रमितलाई छुट्टै ठाउँमा उपचार गर्ने र नेगेटिभ भएकालाई छुट्टै ठाउँमा उपचार गर्ने व्यवस्था हुनुप¥यो, धेरै संक्रमण स्वास्थ्य संस्थाबाटै भएको देखिन्छ,’ उनले भने।  

डा. मरासिनीले बहिरंग सेवामा भीड कम गर्न अस्पतालले तीन सिफ्टमा सेवा सुचारु गर्नु पर्ने, अस्पतालमा हात धुने उचित व्यवस्था,  सेनिटाइजर, भ¥याङको  रेलिङ, शौचालयको चुकुल, बैंकको काउन्टर, लिफ्टको बटन, एटिएमको वटन, कार्यालयका कुर्सी, टेबुल, ल्याण्डफोन जस्ता वस्तुको छिन–छिनमा निसंक्रमण गर्नुपर्ने बताए। यो अवधिमा सकेसम्म हरेक अस्पतालले नियमित उपचारमा जानुपर्ने बिरामीको हकमा टेलिफोनवाटै परामर्श लिने व्यवस्था गरिदिनुपर्ने उनको सुझाव छ।  

ह्याम्स अस्पतालका भाइरोलोजिष्ट डा. अनुप सुवेदी सरकारले अहिलेको परीक्षणको दायरा फराकिलो पारेर समयमै संक्रमितको पहिचान गरी समुदायमा थप फैलिनबाट बच्न सकिने सुझाव दिए। अहिलेको कोभिड–१९ परीक्षण निर्देशिका साँघुरो भएकै कारण कतिपय सबै लक्षण नमिलेका संक्रमित समुदायमा परीक्षण नगरी बसिरहेको डा. सुवेदीले बताए। ‘मापदण्डबाहिरका कतिपय शंकास्पद बिरामी पैसा तिर्नुपर्छ भनेपछि परीक्षणै नगरेको देखिन्छ,’ उनले भने।  

व्यवस्थित क्वारेनटिन, कन्ट्रयाक्ट टे«सिङको छिटो जानकारी दिनेर क्वारेनटिन व्यवस्थित बनाउन सकेमा समुदायमा भयावह रूपले फैलिनबाट नियन्त्रण गर्न सकिने डा. सुवेदीको सुझाव छ।

जनस्वास्थ्यविज्ञ शरद वन्त नेपालमा समुदायमा त्यति धेरै फैलिनसकेको तर फैलिने जोखिम रहकाले यसको नियन्त्रणमा बेलैमा ध्यान दिनुपर्ने बताए। कोभिड–१९ भित्रै जीविका चलाएर वाँच्नको लागि सरकारले कतिपय ठाउँमा आंशिक लकडाउन खुला गरेको विषयलाई सबैले नुबुझेर लापरबाही गर्न थालेको देखिन्छ। उनको विचारमा लकडाउन स्वास्थ्य सामग्री तयार नभएको अवस्थाका लागि अपनाइने उपाय भएकाले यसैभित्र जिउन सिक्नुपर्छ। अहिले कोरोना भाइरसविरुद्धको खोप तथा औषधि नबनिसकेको अवस्थामा हामीले अपनाउने सावधानी र सरकारले गर्ने व्यवस्थापन नै मुख्य उपाय भएको वन्त बताउँछन्।  

कोरोना समुदायमा फैलिन रोक्नको लागि सरकारले गर्ने यी भूमिकाबाहेक हरेक जनताको व्यक्तिगत रूपमा उत्तिकै भूमिका हुने विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार हरेक दिन सबैले पूरै अनुशासनमा दैनिकी चलाउनुपर्छ। 

कोरोना नियन्त्रणमा हरेक व्यक्तिको जिम्मेवारी  

कोरोना समुदायमा फैलिन रोक्नको लागि सरकारले गर्ने यी भूमिका वाहेक हरेक जनताको व्यक्तिको उत्तिकै भूमिका हुने विज्ञहरु बताउँछन्। आम मानिसमा लकडाउन खुल्नु भनेको कोरोना नभएजस्तो गरी हल्का रुपमा लिएको देखिएको छ। जमघट गर्ने, माक्सको प्रयोग नगर्ने,भौतिक दुरी कायम नगर्ने, जथाभावी भेटघाटमा सामेल हुने। हरेक व्यक्तिले गर्ने यस्ता गतिबिधीले कोरोना सजिलै समुदायमा फैलिने विज्ञहरु बताउँछन्।  

उनीहरुको अनुसार हरेक दिन हरेक व्यक्तिले पुरै अनुशासनमा दैनिकी चलाउनु पर्छ। नियमित दैनिकीमा  बाहिर निस्कंदा अनिवार्य रुपमा स्तरीय मास्कको प्रयोग, जमघटमा सकेसम्म नजाने, जानेै परे दुइ मीटरको दुरी कायम गर्ने,रेष्टुराँ तथा चियापसलमा सकेसम्म नजाने र जानै परेमा खुल्ला भएको ठाउँमा जाने, सौचालय,ढोका,टेवुल जस्ता वस्तुहरु छोएपछि सावुन पानीले हात धुने, दैनिक पकेटमा सेनिटाइजर वोकेर हिंड्ने, कम भीड भएको कार्यालय छ र भौतिक दुरी कायम छ भने मास्कको प्रयोग नगरी बस्न सकिन्छ।  

त्यसै गरी एक–अर्को व्यक्तिवीच स्पर्श हुने गरी नभेट्ने, पैसा,कमन सौचालय,वैंकको काउन्टर,सपिङ सेन्टरको काउन्टर, बिधुत्तीय हाँजिरी,साझा सवारी साधनको ढोका,सीट छोएमा हात धुने या सेनिटाइजरको प्रयोग गर्ने जस्ता काम गर्नु पर्छ।  

त्यसै गरी क्वारेनटिनमा वस्दा माक्सको प्रयोग गर्ने,भौतिक दुरी कायम गर्ने, क्वारेनटिनको सौचालय तथा अन्य स्थान छोएपछि सावुन पानीले राम्रोसित हात धुने नभएमा सेनिटाइजरको प्रयोग गर्न सकिन्छ।

प्रकाशित: १८ असार २०७७ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App