coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भारतमा काेराेनाका कारण एक दिनमा अहिलेसम्मकै बढी मृत्यु

फाइल तस्बिर : भारतमा काेराेना

भारतमा कोरोना संक्रमणले एक दिनमा अहिलेसम्मकै बढी मृत्यु भएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनका कारण भारतमा ५ सय ७ जनाको मृत्यु भएको हो। एक दिनमा भएको यो मृत्यु संख्या अहिलेसम्मकै बढी हो।  

यस्तै पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ६ सय ५३ जना कोरोना संक्रमित भएका छन्।  

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना कारण देशमा अहिलेसम्म १७ हजार ४ सय जनाको मृत्यु भइसकेको छ।  

यस्तै संक्रमितको कूल संख्या ५ लाख ८५ हजार ४ सय ९३ पुगेको छ। जसमध्ये ३ लाख ४७ हजार ९ सय ७९ निको भएका छन् भने २० हजार १ सय १४ जना बिरामी नै छन्।  

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार कोरोना परीक्षणका लागि मंगलबार २ लाख १७ हजार ९ सय ३१ जनाको नमुना संकलन भएको छ। यस्तै जुन ३० तारिखसम्म भारतका ८६ लाख २६ हजार ५ सय ८५ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ।  

प्रकाशित: १७ असार २०७७ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App