coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कर्णाली अस्पतालमा फोनबाटै ओपिडी सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा फोनबाटै ओपिडी सेवा दिन थालिएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोराना संक्रमण देखिएपछि अस्पतालले फोनबाटै ओपिडी सेवा दिन थालेको हो । अब बिरामीले फोनबाटै आफ्नो रोग संग मिल्ने विशेषज्ञ चिकित्सक संग परामर्श लिन पाउनेछन्।

तत्काल अस्पतालको ओपिडी सेवा सञ्चालनमा ल्याउन सकिने अवस्था छैन्,’ रजिष्टार विश्वराज काफ्लेले भने, ‘संक्रमित सबैको सम्पर्कमा रहेका व्यक्तिको पिसिआर परीक्षण नहुँदा सम्म ओपिडी सेवा फोनबाटै उपलब्ध हुनेछ ।’ उनका अनुसार बिरामीको प्रकृति बमोजिम विशेषज्ञ चिकित्सकले बिरामीलाई अस्पताल बोलाउन सक्नेछन्। त्यो समयमा अनिवार्य मास्क लगाएर, सेनिटाइजरको प्रयोग गरेर साबुन पानीले हात धोएर मात्र अस्पताल भित्र प्रवेश गर्नु पर्ने छ ।

विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ अस्पताल क्षेत्रमा पनि जोखिम बढेकोले सर्वसाधारण विरामी र समुदायको सुरक्षाको लागि अस्पतालमा अनावश्यक रुपमा हुने भिडभाड नियन्त्रण गर्न फोनबाट ओपिडी सेवा सञ्चालन गरिएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन् ।

उनले भने, ‘ओपिडीमा चेकजाँच तथा उपचारका लागि आउने बिरामी तथा सर्वसाधारणलाई ओपिडी समयमा विशेषज्ञ सेवा लिनको लागि आफ्नोे स्वास्थ्य समस्याको परामर्श लिने व्यवस्था मिलाएका छौँ ।’

हाडजोर्नी तथा नसा सम्वन्धि रोगका बिरामीले विहान ८ बजे देखि बेलुका ४ बजे सम्म फोनबाट परामर्श लिन सक्नेछन् । पेट दुख्ने, गाँठागुठी चिरफार सम्वन्धि परामर्शका लागि चौविसै घण्टा छुट्याइएको छ । प्रेसर, मधुमेह, दिर्घरोगीका लागि बिहान १० देखि १२ बजे सम्म ओपिडी सेवा लिन सकिनेछ ।

बालबालिका सम्बन्धी रोग तथा समस्यका लागि विहान १० देखि १२ बजे सम्म, महिलाको पाठ्यघर, सुत्केरी र प्रजनन् सम्बन्धी बिरामीका लागि विहान १० देखि १२ बजे सम्म,डर लाग्ने, मन विरक्तीने, मरुमरु लाग्ने, अस्वाभिक चिन्ता लाग्ने बिरामीका लागि विहान ८ बजे देखि ६ बजे सम्म मनोचिकित्सा सेवा प्रदान गरिनेछ । स्वास्थ्य परामर्श लिदा पैसा नलाग्ने नम्बरको व्यवस्थापन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

अस्पतालमा चिकित्सक, कर्मचारी र सर्वसाधरण नागरिक र बिरामीलाई कोराना पोजेटिभ देखिएपछि अस्पतालका आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प छन् । कोराना संक्रमित देखिएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको पनि स्वाब संकलन भएर पिसिआर परीक्षण हुदैँछ । स्वास्थ्यकर्मी र कर्मचारीमा कोराना देखिएपछि एकसाता देखि जुम्लामा निषेधाज्ञा जारी नै छ । 

प्रकाशित: १६ असार २०७७ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App