२२ असार २०७७ सोमबार
स्वास्थ्य

सिंगापुर रेडक्रसको सहयोग नेपाललाई

काठमाडौं–प्रारम्भ नामक सामाजिक संस्थाले सिंगापुर रेडक्रस मार्फत प्राप्त २ करोड मूल्य बराबरका स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ।  स्वास्थ्य मन्त्रालय र आनी छोइङ डोल्मा फाउण्डेशनसँगको समन्वयमा संस्थाले हस्तान्तरण गरेको हो। ती सामाग्रीमा ६० हजार सर्जिकल मास्क, १० हजार एन ९५ मास्क र २ हजार ५ सय पीपीइ सेट छन्।  

सिंगापुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्री, बरिष्ठ कलाकार हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले ती सामान नेपाल रेडक्रसका स्वास्थ्यसेवा निर्देशक बिपुल न्यौपानेलाइ हस्तान्तरण गरेका हुन्।  

१ करोड ४७ लाख मूल्य परेको उक्त सामग्री ५० लाख रुपैयाँमा चार्टर गरि सिंगापुरबाट ल्याइएको प्रारम्भ संस्थाले जनाएको छ। हस्तान्तरणमा आइएफ आरसीका लजिस्टिक इन्चार्ज प्रशान्त खड्का, बीर अस्पतालका उपनिर्देशक डाक्टर बिपिन खड्का, सामाजिक अभियन्ताहरू नेत्रराज गिरि, जनकराज भारती, मोहनपूर्ण सत्याल लगायतको सहभागिता थियो।

प्रकाशित: १५ असार २०७७ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App