२३ असार २०७७ मंगलबार
स्वास्थ्य

नवलपरासीमा क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्यु

प्रतिकात्मक तस्बिर

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज (आइतबार) बिहान मृत्यु भएको हो ।  

उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए । उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको  थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए। अब कोरोना संक्रमण भए÷नभएको निश्चित गर्न स्वाब संकलन गरी गरी परीक्षणका लागि पठाइने उनले बताए ।  

यसैबीच रामपुर नगरपालिका–४ सदावर्तमा आजै बिहान करिब ५५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका छन् । उनको मृत्यु के कति कारण भयो भनेर इलाका प्रहरी कार्यालय (रामपुर) का प्रहरी निरीक्षक भीमबहादुर कार्की नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।  

प्रकाशित: १४ असार २०७७ १६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App