४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

भारतमा भयावह बन्दै कोरोना, एकदिनमै थपिए २० हजार संक्रमित

भारतमा कोरोना भाइरसबाट एक दिनमा थपिने कोरोना संक्रमितको संख्या प्रतिदिन बढिरहेको छ ।  

सरकारी अधिकारीले आइतबार बिहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसँगै भारतमा कूल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ५९ पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन्।  

कतिपय देशमा संक्रमण दर घट्दै गएको भए पनि भारतमा भने झन् झन् बढ्दै गएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।  

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै  कोरोना संक्रमणका कारण ४ सय १० जनाको मृत्यु भएको छ ।  योसँगै कूल मृतकको संख्या १६ हजार ९५ पुगेको छ।  

कोरोनाबाट सबैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म १ लाख ५९ हजार १ सय ३३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १ सय ८८ व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् ।  

 संक्रमितमध्ये अहिलेसम्म निको हुनेको संख्या ३ लाख ९ हजार ७ सय ३१ पुगेको अधिकारीले जनाएका छन् ।  

अझै २ लाख ३ हजार ५१ जना संक्रमित अवस्थामै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 

यो पनि पढ्नुहोस्

भारतमा दिनदिनै बढ्दै कोरोना संक्रमण दर, एकैदिन देखिए १७ हजार संक्रमित

प्रकाशित: १४ असार २०७७ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App