२३ असार २०७७ मंगलबार
स्वास्थ्य

मादीका क्वारेन्टिनलाई प्रवासी नेपालीको सहयोग

मादी गाउँपालिका, कास्कीका तीन वटा क्वारेन्टिनस्थलका लागि बेलायतमा बसोबास गर्दै आएका ताङतिङेहरूले १ लाख ९१ हजार ३ सय ५२ रुपैयाँ सहयोग गरेका छन्। उनीहरूले पठाएको रकमबाट ताङतिङ, सेतीखोला र घ्याम्रङ गाउँका क्वारेन्टिनमा आबश्यक औषधि र सामान किनिएको छ। 

हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक प्रकाश गुरुङका अनुसार बीस बेडका लागि चाहिने डनलप, मेटे«स, सिरानी, बेडसिट, ग्याँस सिलिण्डर,  राइसकुकर, प्रेसरकुकर, थर्मसका साथै सर्जिकल मास्क, स्यानीटाइजर, स्प्रे मेसिन, टेम्प्रेचर गन लगायतका सामान किनेर गाउँलेलाई हस्तान्तरण गरियो।  

हाल सेतीखोलाको क्वारेन्टिनमा ३ जनालाई राखिएको छ। ग्रामीण जनताका लागि उज्यालो बहुउद्देश्यीय सिकाई केन्द्र र मादी गाउँपालिका–२ को समन्वयमा असार १२ गते ताङतिङमा आयोजित कार्यक्रममा ती सामान गाउँलेलाई हस्तान्तरण गरियो।  

ताङतिङ समाज युकेका अध्यक्ष, बोनट्रोक बेलायतका उपमेयर तथा ताङतिङ  मितेरी संगठनका ट्रस्टिज लक्ष्यबहादुर गुरुङको पहलमा रकम पठाइएको हो।  

हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष एकजंग गुरुङ र प्रधानाध्यापक गुरुङले ताङतिङ मितेरी सगंठन, बेलायतले विगत लामो समदेखि ताङतिङको लघु विद्मुत मर्मत, बालविकास, स्वास्थ्य, शिक्षा र पर्यटन विकासमा पु-याएको योगदानको चर्चा गरेका थिए।

प्रकाशित: १४ असार २०७७ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App