२३ असार २०७७ मंगलबार
स्वास्थ्य

डेक्सामेथोनले कोरोनाका बिरामी बचाउने भन्दै भारत सरकारले दियो प्रयोगको अनुमति

भारत सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा डेक्सामेथोन औषधि प्रयोगको अनुमति दिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का बिरामी उपचारको नयाँ प्रोटोकल जारी गर्दै मेथाइलप्रिडनिसोलोनको विकल्पमा डेक्सामेथोन प्रयोग गर्न अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा भनिएको छ– यो (डेक्सामेथोन) औषधि कोरोनाका मध्यम र गम्भीर बिरामीलाई दिन सकिन्छ, जसलाई अक्सिजनको आवश्यकता पर्छ ।’

केही दिनअघि बेलायतका वैज्ञानिकले आइसियू र भेन्टिलेटरमा उपचार गराइरहेका कोरोना संक्रमितका लागि यो औषधि प्रभावकारी हुने निष्कर्ष निकालेका थिए । यसबाट कोरोनाका बिरामीमध्ये एकतिहाइलाई मृत्युबाट बचाउन सकिने अध्ययनले देखाएको छ ।   

प्रकाशित: १३ असार २०७७ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App