८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भारतमा दिनदिनै बढ्दै कोरोना संक्रमण दर, एकैदिन देखिए १७ हजार संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढिरहेको छ । बुधबार एकैदिन १६ हजार संक्रमित थपिएकामा आज (बिहीबार) अझ बढेर १७ हजार जनामा संक्रमण पुष्टि भएको हो ।  

यो पनि पढ्नुहोस्

भारतमा एकै दिन १६ हजार काेराेना संक्रमित भेटिए

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १६ हजार ९ सय २२ संक्रमित थपिएका हुन् । यस्तै यस अवधिमा ४ सय ८८ जनाको मृत्यु भएको छ । भारतमा लगातार चौथो दिन १४ हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।  

योसँगै बिहीबार संक्रमितको कूल संख्या ४ लाख ७३ हजार १ सय ५ पुगेको छ । तीमध्ये १४ हजार ८ सय ९४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

प्रकाशित: ११ असार २०७७ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App