coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या साढे १० हजार नाघ्याे

नेपालमा थप ६ सय २९ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या साढे १० हजार नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।  

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १ सय १० जना महिला र ५ सय १९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ ।  

अहिलेसम्म पिसिआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ ।  

बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । 

प्रकाशित: १० असार २०७७ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App