coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वाब परीक्षणमा उपत्यकाका ल्याबकै असहयोग

कोभिड–१९को स्वाब परीक्षणमा वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले असहयोग गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले क्षमताअनुसार परीक्षण गरिरहे पनि वीर, पाटन तथा शिक्षण अस्पतालमा रहेका ल्याबमा क्षमताअनुसारको काम नहुँदा परीक्षणको दायरा फराकिलो बन्न सकेको छैन। संकलन भएका धेरै नमुना त्यसै थन्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका उच्च अधिकारीहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयका अनुसार पूर्ण क्षमतामा परीक्षण गर्ने हो भने वीर अस्पतालले दैनिक डेढ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबको दैनिक दुई सय नमुना परीक्षण गर्न सक्छ।  

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सञ्चालन गरेको ल्याबमा पनि दुई सय ५० भन्दा बढी नमुना परीक्षण गर्न सकिने देखिन्छ। तर पाटनले जेठ २५ गते एकै दिन दुई सय ३५ र वीरले जेठ २० गते एकै दिन एक सय ५२ नमुना परीक्षण गरेका थिए। तर पनि पाटन र वीरले पूर्ण क्षमतामा स्वाब परीक्षण गरिरहेका छैनन् भन्ने पुष्टि हुन्छ। जेठ १८ देखि सञ्चालनमा आएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ल्याबमा जेठ २१ गते २ सय ४२ र असार ३ गते २ सय ५५ नमुना परीक्षण भएको थियो।  

त्यसपछिको परीक्षणको दर हेर्ने हो भने शिक्षण अस्पताल पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले एकदेखि डेढ सयसम्म मात्र स्वाब परीक्षण गरेको देखिन्छ। दैनिक दुई सय ५० स्वाब परीक्षण गर्न सकिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ल्याबबाट दैनिक १ देखि डेढ सयसम्म मात्र स्वाब परीक्षण भएको देखिन्छ।

जेठ २५ मा सबैभन्दा बढी दुई सय ३५ स्वाब परीक्षण गरेको पाटनले जेठ ९ गते एक सय ३१, जेठ १२ गते एक सय २५ जेठ २० गते एक सय ५७, जेठ २३ गते एक सय ७० र जेठ २६ गते एक सय पाँच नमुना परीक्षण गरेबाहेक ४० देखि ८० को हाराहारीमा मात्र स्वाब परीक्षण गरेको छ। वीरले असार २ गते एकै दिन अधिकतम २ सय ५२ स्वाब परीक्षण गरेयता जेठ ३० मा एक सय दुई र जेठ ३१ गते एक सय २५ स्वाब परीक्षण गरेबाहेक अन्य दिन ४० देखि ७५ मात्र स्वाब परीक्षण गरेको देखिन्छ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले प्राविधिक समस्याका कारण कम परीक्षण भइरहेको बताए। उनले आफूहरूको लक्ष्य दैनिक डेढ सयदेखि दुई सय ५० सम्म गर्ने रहेको भन्दै आगामी दिनमा यो दर बढ्ने दाबी गरे।

 शिक्षण अस्पतालले असार ३ मा सबैभन्दा बढी दुई सय ५५ नमुना परीक्षण गरेपछिको जेठ २१ मा दुई सय ४२, जेठ ३२ मा एक सय ४२ र असार ४ मा एक सय २८ नमुना परीक्षण गरेबाहेक अन्य दिनमा दैनिक औसत एक सयको वरिपरि मात्र स्वाब परीक्षण गरेको मन्त्रालयको तथ्यांकबाट देखिन्छ। शनिबार मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक हजार २६ नमुना परीक्षण गर्दा पाटनले मात्र ४४ र वीरले ६३ नमुना परीक्षण गरेको छ। त्यस्तै शुक्रबारको तथ्यांक हेर्ने हो भने पाटन ५३ वीर ५२ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज एकदेखि डेढ सयसम्म मात्र स्वाब परीक्षण गरेको देखिन्छ। मन्त्रालयबाट प्राप्त एक महिनाको तथ्यांक केलाउँदा परीक्षण क्षमता २५ सयबाट बढेर ७५ सय पुगेको छ।  

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले प्राविधिक समस्याका कारण कम परीक्षण भइरहेको बताए। उनले आफूहरूको लक्ष्य दैनिक डेढ सयदेखि दुई सय ५० सम्म गर्ने रहेको भन्दै आगामी दिनमा यो दर बढ्ने दाबी गरे। कम परीक्षण भएको गुनासो आइरहेको स्वीकार गर्दै अब प्राविधिक टिमसँग छलफल गरेर पूर्ण क्षमतामा परीक्षण गरिने उनको भनाइ छ।  

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जनशक्ति र अन्य कारणले परीक्षणको दायरा बढाउन कठिनाइ भएको बताए। एक चरणमा जति परीक्षण गर्ने हो, त्यति मात्र भइरहेको बताउँदै दुई वा तीन सिफ्टमा चलाउने हो भने धेरै कुराको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ८ असार २०७७ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App