८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

आइओएमको डिनमा डा. दिव्यासिंह नियुक्त

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्राडा. दिव्यासिंह शाह नियुक्त भएकी छन् ।    त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत थिइन् । 

डा. शाहले  बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिइन् । यसअघिका डिन प्राडा. जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।     

प्रकाशित: ३ असार २०७७ १६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App