coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब संकलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा आज शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।    

गैरे नेतृत्वमा गएको जिल्लाको टोलीले धेरै दिन शव राख्दा गन्हाउने र थप दुर्गन्ध फैलिने भएकाले दमको रोगी भएको भन्ने स्वास्थ्यकर्मीको जानकारीमा भएकाले शवलाई व्यवस्थापन संयन्त्रकै सक्रियतामा व्यवस्थापन गरिएको हो । स्वाब संकलन गरेर आज नै धनगढी पठाइएको र त्यसको रिपोर्टपछि अन्यको स्वाब संकलन गर्ने नगर्ने भन्नेबारे निर्णय गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ६५ वर्षका वृद्ध यही जेठ १६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए ।       

वृद्धसँगै अन्य सात जना आएका पनि क्वारेन्टिनमा नै बसिरहेका छन् । उनीहरुको टोली भारतको हिमाञ्चल प्रदेश हुँदै नेपाल प्रवेश गरेको हो । पिसिआर जाँचपछि आएको रिपोर्टका आधारमा थप प्रक्रिया अगाडि बढाउने सहमति भएको खप्तड छेडेदह– ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । हाल खप्तड छेडेदहमा ६०० बढी सर्वसाधारण क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टिनमा अधिकांश भारतबाट आएका मात्र बसिरहेका छन् ।       

प्रकाशित: २४ जेष्ठ २०७७ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App