८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोशीमा सुविधासम्पन्न प्रसुतीगृह बन्ने

अस्पताल भवनको शिलान्याश गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रम’ख भीम पराज’लीलगायत । तस्बिर : नागरिक

कोशी अस्पतालले थप १ सय बेडको प्रसुतीगृह बनाउने भएको छ । शनिवार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रसुती गृहको शिलान्यास गरेका हन् ।  

अमेरिकन दुतावास र अमेरिकन आर्मीको ११ करोड रुपैयाँको सहयोगमा उक्त प्रसुतीगृह बन्न लागेको कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट संगिता मिश्राले जानकारी दिइन् । अत्याधुनिक सेवा सुविधासहितको अस्पतालमा प्रसुती सम्बन्धी विशिष्टकृत सेवा उपलब्ध गराउने छ । अस्पताल निर्माणको काम एक वर्ष भित्रै सम्पन्न गर्ने योजना रहेको मिश्राले जानकारी दिइन् ।

उनले भनिन्, ‘प्रसुती सम्बन्धी विशिष्टिकृत सेवा उपलब्ध गराउने लक्षसहित निर्माण थालिएको अस्पताल भवन एक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष छ ।’  कोसी अस्पताल परिसरको १० कठ्ठा जग्गामा उक्त भवन निर्माण गरिने छ । कोसी अञ्चल अस्पतालको प्रसुती विभागको पुर्वाधार जीर्ण र साँघुरो भएका कारण यहाँ प्रसुतीका लागि आउनेहरूले समस्या झेल्न’ परेको छ । 

प्रकाशित: २४ जेष्ठ २०७७ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App