coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीको बीमा

नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको कोरोना स्वास्थ्य बीमा गरिएको छ ।

कोरोना भाइरस नियन्त्रणमा अग्रपंक्तीमा रहेका काम गर्ने स्वास्थ्य कार्यालय अन्तर्गतका सबै ६ सय १३ स्वास्थ्यकर्मीको एक लाख रुपैयाँको बीमा गरिएको हो । स्वास्थ्यकर्मीको सामुहिक बीमा गरिएको ‘पोलिसी पेपर’ नेता बस्नेतले बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँलाई हस्तान्तरण गरेका छन् ।

नेता बस्नेतले जिल्लाका अगुवा नेता, कार्याकर्ताबाट रकम जुटाएर आइएमइ जनरल इन्सोरेन्स कम्पनीमा सामुहिक बीमा गरिदिएका हुन् । बीमा बपतको तीन लाख ६७ हजार आठ सय रुपैयाँ भूक्तानी गरिएको छ । बिमापछि एक वर्षभित्र पिसिआर बिधीबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भए प्रत्येक स्वास्थ्यकर्मीले एक लाख रुपैयाँ पाउने छन् ।

सामुहिक बीमा गरिएको पेपर हस्तान्तरण गर्दै नेता बस्नेतले संकटमा सबै मिलेर काम गर्नुपर्ने बताए । ‘सहयोगको आवश्यकता दुःखमै पर्ने हो,’ उनले भने । स्वास्थ्यकर्मीका लागि उनले पिपिइ सेट र एन ९५ माक्स पनि उपलब्ध गराएका छन् । बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले बीमाले माहामारीमा अग्रपंक्तीमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाएको बताए ।

यसअघि बस्नेतले कोरोनाबाट पहिलोपटक ज्यान गुमाएकी सुत्केरीको शिशुको पोष्टिक आहारका लागि एकलाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका थिए । गएको बैशाख १ गते धुलिखेल अस्पतालमा ती महिलाको मृत्यु भएको थियो । मृत्यु हुँदा नौ दिनको सुत्केरी रहेकी उनी सिन्धुपाल्चोक बाह्रविसेकी थिइन् । शिशुको उच्च शिक्षासम्मको जिम्मेवारी पनि नेता बस्नेतले लिएका छन् । कोरोना नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै बस्नेत स्वास्थ्य सामाग्री बितरणमा व्यस्त रहँदै आएका छन् ।

प्रकाशित: २३ जेष्ठ २०७७ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App