coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। मृतक महिलासँगै रहेका अन्य चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। बैतडीको पुर्चौडी नगरपालिका–४ स्थित मालिका मावि भटनाको क्वारेन्टिनमा मृत्यु भएकी सोही ठाउँकी २२ वर्षीय सुनिता लुहारको  पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।

मृतकका श्रीमान र डेढ वर्षीय बच्चा तथा अन्य दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। क्वारेन्टाइनमा मंगलबार मृत्यु भएकी महिलासहित उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो। मृतकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनको शवलाई दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए।

प्रकाशित: २२ जेष्ठ २०७७ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App