१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी

विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका चार जना स्वास्थ्यकर्मी उपचाररत छन् । आफैं उपचारका लागि आएको भए पनि उनीहरू अस्पतालमा बिरामी बनेर बसेका छैनन् । 

स्वास्थ्य अवस्था सामान्य भएकाले धनकुटाका स्वास्थ्यर्मीले कोभिड उपचार केन्द्रका संक्रमितको उपचार र परामर्शमा अस्पतालका स्वास्थ्यकर्मीलाई सघाइरहेका छन् । धनकुटा अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीहरू कार्यक्षत्रमै कोरोना संक्रमित भएका थिए । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक टे«सिङका आधारमा गरिएको स्वाब परीक्षणमा थप ६ जनामा समेत कोरोना संक्रमण देखियो । संक्रमण पुष्टि भएकामध्ये धनकुटाका चार स्वास्थ्यकर्मी कोभिड अस्पतालका अन्य संक्रमितसँगै उपचारका क्रममा छन् । 

तर आफैं उपचारका क्रममा रहे पनि उनीहरूले अन्य संक्रमितको स्वास्थ्य परीक्षणका विभिन्न कार्यमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कामलाई सघाउँदै आएको अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको सहयोगले दुई सय रुपैयाँको सुई लगाउन ६ हजार रुपैयाँ मूल्यको पिपिई लगाएर जानुपर्ने बाध्यता हटेको छ ।’

प्रकाशित: १८ जेष्ठ २०७७ १८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App