coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिको सुरुमै आरटी–पिसिआर गरिने

भारतबाट आएर जिल्लाको तीनवटा गाउँपालिकाको क्वारेन्टिनमा बसिरहेका व्यक्तिको सुरुमा नै आरटी–पिसिआर गरिने भएको छ । यसअघि सुरुमा द्रुत विधिबाट परीक्षण हुँदै आएकोमा यस पटकदेखि सुरुमा नै आरटी–पिसिआर गरिने भएको हो ।  

जीवजीवे ग्रामीण अस्पतालले नौकुण्डको ३, उत्तरगयाको ३ र कालिकाको दुई जना गरी ८ जनाको आरटी–पिसिआर गर्न लागेको हो । नेपाल भित्रबाट आएर क्वारेन्टिन बसेका व्यक्तिको १४ दिनपछि आरडिटी गरिने र बाहिरी देशबाट आएका व्यक्तिको १५ दिन भित्रै आरटी–पिसिआर गरिने अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए ।  

जिल्लामा हालसम्म ४ सय ७२ जनाको आरडिटी गरिएको छ जसमा ९ जनाको आरडिटी पोजेटिभ आएको थियो । हालसम्म जिल्लाबाट १५ जनाको स्वाब संकलन गरेर आरटी–पिसिआरका लागि प्रयोगशाला पठाइएको छ । जसमा १२ जनाको रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको आएको छ ।  

वर्तमान अवस्थामा भारतबाट ११ जना व्यक्ति आएको र जिल्लामा अहिले स्वाब परीक्षणका लागि ४५ वटा भिटिएम रहेका संक्रमण छ कि छैन भनेर परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले बताए ।

प्रकाशित: १८ जेष्ठ २०७७ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App