१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

घरभित्रै २४ सैं घण्टा मास्क नलगाउन सुझाब

चिकित्सकहरुले घरभित्रै बस्दा सधै मास्क लगाएर नबस्न सुझाएका छन् । जहिले पनि मास्क लगाएर बस्दा श्वासप्रश्वासको क्रममा आफैंले फालेको कार्वनडाइअक्साड नै लिनुपर्ने र नयाँं अक्सिजन नजाने भई रोगसँंग लड्न सक्ने क्षमतामा ह्रास आउने बताएका छन् ।  

भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा कोभिड-१९ बाट हुन सक्ने संक्रमण र सोबाट बच्ने उपायहरुका सम्बन्धमा शुक्रबार भएको सचेतना अभिमुखिकरण कार्यक्रम डा इवामुरा मेमोरियल अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा नविनप्रकाश साहले यसबारे सचेत रहन आग्रह गरे । कोरोना फैलनसक्ने अवस्था र बच्ने उपायहरुकाबारेमा विस्तृत जानकारी प्रस्तुत गर्दै उनले माक्स लगाउँंदाका फाइदासँंगै बेफाइदाबारे पनि सचेत रहन आग्रह गरे ।  

सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले उद्यमी व्यवसायीले संक्रमणबाट बच्ने पूरा उपायहरु अपनाउदै व्यापार व्यवसाय सञ्चालन गर्नु पर्ने बताए । संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले भक्तपुर उद्योग वाणिज्य संघले आर्थिक विकासका गतिविधिहरुमा मात्रै नभई सामाजिक क्षेत्रमा समेत योगदान पुर्‍याउदै आएको बताए । 

वस्तुगत सदस्यतर्फका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक रोशन भोयद्योले समग्र जिल्लाको छाता संगठनको रुपमा भक्तपुर उद्योग वाणिज्य संघ रहेको र जिल्लाका उद्यमी व्यवसायीहरुको समस्या समाधानका लागि पहल गर्नु संघको दायित्व रहेको बताए ।

प्रकाशित: १६ जेष्ठ २०७७ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App