८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पीसीआरका लागि ८५ जनाको स्वाब संकलन

पीसीआर टेष्टका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ८५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टिनमा राखिएका व्यक्ति, सम्भावित संक्रमित तथा पत्रकारको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।  

कोरोना संक्रमितको पहिचान गर्दै कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा सोमबार स्वाब संकलन गरिएको हो । सरस्वती माबि दिक्तेलको प्रांगणमा संकलन गरिएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।  

संकलित स्वाब प्रदेशिक जनस्वास्थ्य ल्यावसँगको परामर्शमा काठमाडौं पठाइएको अस्पतालले जनाएको छ । यसअघि दिक्तेल नगरपालिकाका ११ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।  

हालसम्म जिल्लाका १० स्थानीय तहका १०५ जनाको पीसीआर टेष्ट गरिसकिएको छ । त्यसमध्ये हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई संक्रमण भएको पुष्टी भएको छ । संक्रमितको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा उपचार भइरहेको छ ।  

जिल्लाका अन्य स्थानीय तहले पनि पीसीआरको दायरा फराकिलो बनाउने तयारी गरिरहेको छ । 

प्रकाशित: १२ जेष्ठ २०७७ १४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App