स्वास्थकर्मीमा कोरोना संक्रमण देखिएपछि अनिश्चित कालका लागि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आएको छ । धनकुटा अस्पताल सेनिटाइजर गरी सञ्चालन गरिएको हो । जिल्ला अस्पतालको इमर्जेन्सि सेवा सञ्चालनमा ल्याएको कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।
जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका र सम्पर्कमा रहेका ब्यक्ति क्वारेन्टिनमा बसेकाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आएका ७ जना स्वास्थ्यकर्मी र जिल्लाको सातवटै स्थानीय तहबाट १÷१ जना स्वास्थ्यकर्मी झिकाएर इमरजेन्सि सेवा सञ्चालनमा ल्याइको सूचना अधिकारी श्रेष्ठले बताए । अस्पतालको अन्य सेवा सञ्चालनको लागि प्रदेशमा जनशक्तिको लागि कुरा भइरहेको छ । स्वास्थ्यकर्मी आएपछि सञ्चालन गर्ने उनले बताए ।
संक्रमितहरुको सम्पर्कमा रहेका १६१ जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र परिवारका सदस्यको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको धनकुुटा अस्पतालका सुपरिटेन्डेट डा. पुजन विस्वकर्माले बताए । आइतबार थप २० जनाको पिसिआर तथा स्वाब परिक्षण गर्न पठाएको बताईएको छ ।
प्रकाशित: ११ जेष्ठ २०७७ १३:२२ आइतबार