coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कन्ट्रयाक ट्रेसिङपछि परीक्षण

प्रदेश १ को अभियान

प्रदेश १ सरकारले सम्भावित संक्रमितको खोजी तथा सम्पर्क पहिचानसम्बन्धी अभियान सुरु गरेको छ। अभियानअन्तर्गत कोभिड–१९ संक्रमणको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरु भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाइने प्रदेश १ सरकारको कोभिड–१९ विरुद्धको अभियानका सहजकर्ता विनोद खनालले भने। सामाजिक विकास मन्त्रलयले प्रदेशभर कोभिड–१९ संक्रमित खोजी र सम्पर्क पहिचानसम्बन्धी अभिमुखीकरण गराइरहेको छ।  

शंका र आशंकाको भरमा गरिने परीक्षणका कारण बिनासंक्रमित व्यक्तिकै लागि महामारीविरुद्ध लड्ने स्रोत र शक्ति गुम्ने भयबाट उसले बचाउने खनालले बताए। ‘भविष्यमा महामारीले संकटको रूप लियो भने त्यो बेला साँच्चै बिरामीका लागि स्रोत र शक्तिको व्यवस्थापन कहाँबाट र कसरी जुटाउने’ प्रतिप्रश्न गर्दै खनालले भने, ‘संक्रमण खोजपड्ताल र सम्पर्क पहिचानले सम्भावित महामारीअगावै प्रयोग हँुदै जाने आएको अनावश्यक स्रोतसाधन जोगाउन सहयोग पु¥याउँछ।’  

यो अभियानको एउटा खास चक्र पनि छ। यसले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाउँछ। यसरी सम्पर्कमा आएका प्रत्येक व्यक्तिलाई कम्तीमा १४ दिनसम्म सक्रिय अनुगमन र ७ दिन सम्म निस्त्रिय अनुगमन गरी २१ दिनसम्म नियमित निगारानीमा राख्नुपर्ने कार्ययोजना बनाउन सघाउँछ। यो बीचमा लक्षण देखा परेमा वा संक्रमणको उच्च सम्भावना देखिएमा तुरुन्त आइसोलेट गरी परीक्षण र उपचार प्रदान गर्नुपर्ने कार्ययोजना बन्ने छ। यसरी तयार भएको कार्ययोजनाअनुसार सम्भावित संक्रमितको पहिचान वा सूची बनाउने हो भने स्रोतसाधनले थेग्ने तथा उपचार संयन्त्र पनि प्रभावकारी हुने प्रदेश सरकारको ठम्याइ रहेको खनालले जानकारी दिए।

प्रकाशित: ११ जेष्ठ २०७७ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App