१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

आइसोलेसन व्यवस्थित रुपमा संचालन गर्न स्वास्थ्यकर्मीको माग

कपिलवस्तुका स्वास्थ्यर्मीहरुले आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग माग गरेका छन् । जिल्लाका १० डाक्टर र २० जना स्टाफ नर्ससहितको ३० प्रशासन कार्यालयमा बसेको कोरोना महामारी विपद् व्यवस्थापन समितको बैठकले जिल्लाका १० पालिकामा रहेको आइसोलेशन सेन्टरमा रहेको कोरोना संक्रमितको उपचारका लागि प्रत्येक पालिकामा एक डाक्टर दुई नर्स रहने गरि व्यवस्था मिलाउन माग गरेका हुन् । 

कोेरोना संक्रमित बढे पनि स्वास्थयकर्मीको अभामवा रेखदेख र उपचार हुन सकेको छैन । ‘आइसोलेशन रहेको कोरोना संक्रमितको उपचारका लागि ३० जना स्वास्थयकर्मीका माग गरेका हौ’ प्रजिअ दीर्घ नारायण पौडेलले भने । प्रजिअ पौडेलले जिल्लाका १० वटै पालिकामा आइसोलेशन सेन्टर निर्माणका लागि आग्रह गरिएको उनले बताए । बिजयनगर गाउपालिका, मायादेबी पकडीमा आइसोलेशन सेन्टर निर्माण भईसकेको छ । 

यस्तै कपिलवस्तु नगरपालिका ११ रहेरा स्थित स्वास्थय चौकीमा शनिबार साझ सम्म ५० बेडको आइसोलेशन सेन्टर तयार हुने मेयर किरण सिहले बताए । उता अति आवश्यकीय वस्तु तथा छड र सिमेन्ट उत्पादन गर्ने कम्पनीलाई लकडानउको पुर्ण पालना गरी संचालन गर्न दिने निर्णय भएको प्रजिअ र्दीर्घ नारायण पौडेलले बताए । उद्द्योगलाई नै क्वारेन्टिनका रुपमा राखेर श्रमिक र जनशक्तिलाई सुरक्षित राख्नु पर्ने लगायतका ७ वटा शर्त पालना गर्नु पर्न प्रशासनले निर्णय गरेको छ । जिल्लामा आधा दर्जन बढी सिमेन्ट उदोग छन । लकडाउन यता ती उद्योग बन्द छन् । 

उद्याोगले सो शर्त पालना गरे नगरेको प्रशासनले नियमित अनुगमन गर्न छ र पालना नगरिए कानुन अनुसार कारबाही चलाईने प्रजिअ पौडेलले बताए । खाद्य उद्योग बाहेक अन्य उद्योगकोलागि चाहिने कच्चा पदार्थ तथा उत्पादित सामग्रीको ढुवानीका लागि अनिवार्य रुपमा पास लिनु पर्न निर्णय भएको प्रशासकीय अधिकृत मनोज सैनीले बताए । जिल्लामा ७७ जना संक्रमित भेटिएको र त्यसमध्ये ३१ जना अस्पताल लैजानका लागि पर्खाईमा बसेका छन् ।  

प्रकाशित: १० जेष्ठ २०७७ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App