८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रसुवामा तीन जनाको आरडिटी पोजेटिभ

रसुवामा तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिकामा शनिबार जाँच गरिएकामध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।  

गाउँपालिकामा शुक्रबार र शनिबार गरि ६६ जनाको परीक्षण गरिएकोमा २४, २७ र २८ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ देखिएको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए ।  

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले तीनै जनालाई जीवजीवे ग्रामीण अस्पतालको आइसोलेसनमा ल्याएर राखिने छ । उनीहरूको स्वाब सङ्कलन गरेर पिसिआरको लागि जनस्वास्थ्य प्रयोगशाला पठाइने छ ।

प्रकाशित: १० जेष्ठ २०७७ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App