८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पाँचथरका १ सय १४ जनाको रिर्पोट नेगेटिभ

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी पाँचथरका  १ सय १४ जनाको पिसिआर परीक्षण गर्दा रिर्पोट नगेटिभ आएको छ । मंगलबार स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थिति विपि कोइराला मेमोरियल अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

पिसिआर परीक्षण गरिएका १ सय १४ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । कोरोना भाइरसका सन्त्रासका क्रममा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, डयुटीमा खटिएका सुरक्षाकर्मी र पत्रकारको स्वाब परीक्षण भएको थियो । १ सय १८ जनाको स्वाब संकलन गरिए पनि चार जनाको स्वाब पठाइएको सिसी फुटेका कारण परीक्षण हुन पाएन । उनीहरुको फेरि स्वाब पठाइने सुवेदीले जानकारी दिए ।

हालसम्म १ हजार २ सय ६८ जनाको -यापिड डाइगोनेस्टिक टेस्ट (आरडिटी) भएको छ ।  

प्रकाशित: १० जेष्ठ २०७७ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App