coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डडेल्धुरामा पहिलो पटक एक जनामा कोभिड–१९ भएको पुष्टि

डडेल्धुरामा पहिलो पटक एक जना स्थानीयमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । ज्वारो आएपछि डडेल्धुरा अस्पताल पुगेका एक जनाको स्वाब  जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनायो ।  

भित्रिमधेश परशुराम नगरपालिका–१० जोगबुडाका स्थानीयमा कोभिड–१९ को संक्रमण देखिएको हो । २८ वर्षिय युवाको गएको ६ गते स्वाब संकलन गरी परीक्षणका लागि कैलाली पठाइएको थियो ।  

सेति प्रादेशिक अस्पतालमा शुक्रबार आएको उनको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका मेसु डा.जगदिशचन्द्र बिष्टले बताए । ६ गते अस्पताल पुगेका उनलाई स्क्रवटाईफस पोजेटिभ देखिएपछि कोरोना परीक्षणका लागि स्वाब लिएका थियो । डा.बिष्टले भने, ६ गते बेलुकी नै उनलाई औषधि दिई घर पठाइएको थियो । शुक्रबार स्वाबको रिपोर्टमा कोरोना भाइरस पनि पोजेटिभ देखिएको छ । आइसोलेसनमा राख्न अहिले उनलाई अस्पताल पुर्‍याइएको छ । भने उनको बारेमा विस्तृत विवरण लिने कार्य भईरहेको अस्पतालले जनाएको छ ।  

उनि गत बैशाख २६ गते काठमाडौबाट डडेल्धुरा आएको बुझिएको छ । ज्वरो आउने, टाउको दुख्ने समस्या भएपछि उनि जेठ ६ गते डडेल्धुरा अस्पताल पुगेका थिए । उपचार गरेर त्यहि दिन उनि घर गएको बुझिएको छ ।  

उनि सरकारी कार्यालयको कर्मचारी समेत रहेको बुझिएको छ । ओभरसेर पदमा कार्यरत उनि सिन्धुरपालचोकबाट सरुवा भई डडेल्धुराको एक सरकारी कार्यालयमा आएका थिए । अहिले डडेल्धुरा बजार क्षेत्र लाई शिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनायो । 

प्रकाशित: ९ जेष्ठ २०७७ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App