coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङबाट पठाईएको थप १६ जनाको स्वाब परीक्षण रिर्पोट नेगेटिभ

ताप्लेजुङ

कोरोना परीक्षणका लागि ताप्लेजुङबाट पठाईएको १६ जनाको स्वाब परीक्षणको रिर्पोट नेगेटभ आएको छ । परीक्षणका लागि ताप्लेजुङ अस्पतालका स्वास्थ्यकर्मी तथा अग्रभागमा खटिएका सुरक्षाकर्मीहरुसहितको स्वाब  मंगलवार कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएको थियो । स्वाब पठाइएको १६ जनाकै रिर्पोट नेगेटिभ आएको ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले बताए । 

कोरोना भाईरस संक्रमण बिरुद्धको अभियानमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी,संक्रमित जिल्ला झापाबाट आएका १ जना र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका १ गरी १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको थियो । यो सहित ताप्लेजुङमा अहिले सम्म ३१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । 

तेस्रो चरणमा अग्रभागमा रहेर काम गर्ने हेल्थ डेक्समा कार्यरत स्वास्थ्य तथा सुरक्षाकर्मी र केहि सञ्चारकर्मीको स्वाब परीक्षण गर्ने तयारी भईरहेको छ भने केहि सञ्चारकर्मीको ¥यापीड डाईग्नोस्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्ने तयारी भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

प्रकाशित: ९ जेष्ठ २०७७ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App