७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश २ मा दुई आरटी पिसिआर जडान हुँदै

जनकपुर पुगेको आरटी पिसिआर मेसिन

प्रदेश २ मा परीक्षणको दायरा बढाउन रियल टाईम पिसिआर मेसिन थपिएको छ। वीरगञ्जमा मात्र रहेको आरटी पिसिआर अब जनकपुर र राजविराजमा थपिएको छ। यस प्रदेशको तीन ठाउँबाट पिसिआर परीक्षण हुँदैछ।

राजबिराजको जेन्द्रनारायण सिंह सगरमाथा अस्पताल र जनकपुरको पशुपंक्षी रोग अन्वेशन प्रयोगशालामा पिसिआर मेसिन जडान गरिँदैछ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकार परीक्षणको दायरा बढाउँदै आइसोलेसन र क्वारेन्टिनको संख्या समेत थपेको छ।

प्रदेशको आठ जिल्लालाई तीन क्लसटरमा बाँडेर राजबिराज, बारा र पर्सामा एक हजार बेड क्षमताको प्रादेशिक क्वारेन्टिन निर्माण गर्न लागिएको सचिव घिमिरेले बताए। राजबिराज र बारामा नेपाली सेनाको मध्यपूवी पृतना हेडक्वाटरबाट लागत स्टिमेट समेत पेश भैसकेको उनले बताए।

यस प्रदेशमा हाल २१५ क्वारेन्टिन छ। जसमा ८ हजार ८ सय ९५ बेड क्षमता छ। बिहिबारसम्म यस प्रदेशमा ६ हजार ९६ जना क्वारेन्टिनमा छन। पाँच हजार एक सय ७५ जना होम क्वारेन्टिनमा छन।  

जिल्ला अस्पताल सिरहामा ५० बेड र यस अस्पतालको मातहतमा रहने गरि महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, गौर अस्पतालको मातहतमा रहने गरि गौर नरसिंह इन्स्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, सप्तरीको भारदह अस्पतालमा ५० बेड, मलंगवा अस्पतालको मातहतमा रहने गरि सन्त अल्पमाई रामनारायणयादव नर्सिंग कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजको मातहतमा रहने गरि साइकृष्ण मेडिकल हातामा ५० बेड र बर्दीवास अस्पतालमा ५० आइसोलेसन बेड तयार गरी कोभिड १९ लेभेल वन अस्पताल सञ्चालनमा ल्याउने गरी सरकारले कार्यअघि बढाएको छ। यस प्रदेशमा ४५१ आइसोलेसन बेड रहेको सचिव घिमिरेले बताए।आइसोलेसन बेड अभावका कारण वीरगञ्जको सिद्धार्थ स्कुलको क्वारेन्टिनमै केहि समय कोरोना संक्रमितलाई राखिएको थियो। यस क्वारेन्टिनमा राखिएका २५ जना संक्रमितलाई गण्डक अस्पतालमा आइसोलेसन कक्ष निर्माण गरी सारिएको छ।  

नागराणी अस्पतालमा ७१ आइसोलेसन बेड छ। ४२ आइसोलेसन शड्ढयाको एक मात्र प्रदेश २ कोभिड अस्पताल जनकपुर र १८ आइसोलेसन शड्ढयाको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज छ। जसमध्ये प्रदेश कोभिड अस्पताल जनकपुरमा ८ र नारायणी अस्पताल वीरगन्जमा ५ गरी १३ आइसियू छन। नाराणी अस्पतालमा २ वटा भेन्टिलेटर छ। कोभिड अस्पताल जनकपुरमा भन्टिलेटर छैन। प्रादेशिक अस्पताल जनकपुरमा ३ वटा भेन्टिलेटर छ। गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा आइसियू सेवा छैन। 

प्रकाशित: ९ जेष्ठ २०७७ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App